पत्नीको बेल्टले कुटेरै हत्या, आरोपी पति पक्राउ
पत्नीको बेल्टले कुटेरै हत्या, आरोपी पति पक्राउ


गरियाबन्द, २२ सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को गरियाबन्द जिल्लामा चरित्रमाथि शंका गर्दै एक पतिले आफ्नी पत्नीको बेल्टले कुटेरै हत्या गरेको आरोप लागेको छ। घटनापछि पुलिसले आरोपी पतिलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

शोभा थाना पुलिसले मंगलवार दिएको जानकारी अनुसार, जरहीडीह निवासी रामकुमारको सोमवार राति आफ्नी पत्नी मोनिका (३२)सँग चरित्रमाथि शंका गरेको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ़ेपछि आरोपी पतिले बेल्टले मोनिकामाथि कुटपिट गर्न थाल्यो। आरोप अनुसार, उसले मोनिकाको मृत्यु नहुँदासम्म कुटपिट गरेको थियो।

घटनाको सूचना पाएपछि शोभा थाना पुलिस घटनास्थलमा पुगेर अनुसन्धान शुरु गऱ्यो। पुलिसले आरोपी पति रामकुमारलाई हिरासतमा लिएर थप कानूनी कारबाही अघि बढ़ाएको छ। घटनासम्बन्धमा पुलिसले अनुसन्धान गरिरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande