दिनकरको जयन्तीमा प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जली, भने-  उनका रचनाहरूले युगौँसम्म मार्गदर्शन गर्नेछन्
प्रधानमंत्री नरेन्द्र मोदी


नयाँ दिल्ली, २३ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रकवि रामधारी सिंह दिनकरको जयन्तीका अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जनचेतना र राष्ट्रिय गौरवको भावनाले ओतप्रोत दिनकरका ओजस्वी कविताहरूले आज पनि देशवासीहरूको हृदयमा शौर्य, तेज र आत्मगौरवको सञ्चार गर्ने बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालको माध्यम ‘एक्स’ मा पोस्ट गर्दै राष्ट्रकवि दिनकरका रचनाहरूले साहित्यलाई समृद्ध बनाउनुका साथै देशवासीहरूमा मातृभूमिप्रति भक्ति र राष्ट्रभावको भावना पनि जागृत गर्ने बताएका छन्। उनको विराट व्यक्तित्व र कालजयी साहित्यले आउने पुस्ताहरूलाई मार्गदर्शन गरिरहने उनले बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, “राष्ट्रकवि रामधारी सिंह दिनकरजीको जयन्तीमा उहाँलाई मेरो शत्-शत् नमन। जनचेतना र राष्ट्रिय गौरवका भावनाले भरिपूर्ण उहाँका ओजस्वी कविताहरूले आज पनि देशवासीहरूको हृदयमा शौर्य, तेज र आत्मगौरवको सञ्चार गर्छन्।”

प्रधानमन्त्रीले दिनकरका रचनाहरूले साहित्यलाई समृद्ध बनाउनुका साथै मानिसहरूलाई पनि प्रेरित गर्ने बताएका छन्। उनको विराट व्यक्तित्व र कालजयी रचनाहरूले युगौँ-युगसम्म भारतवासीहरूलाई मार्गदर्शन गरिरहने उनले बताएका छन्।

उल्लेखनीय छ, रामधारी सिंह दिनकरलाई हिन्दी साहित्यका प्रमुख कविहरूमध्ये एक मानिन्छ। उनका रचनाहरूमा राष्ट्रभाव, जनचेतना, वीरता र सामाजिक सरोकारहरूको प्रभावकारी अभिव्यक्ति देख्न पाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande