मेघालयका आठ विधायक मोदी सरकारको कामबाट प्रभावित भएर भाजपामा सामेल भएका हुन्: किरेन रिजिजू
Press conference image


नयाँ दिल्ली, २३ सेप्टेम्बर (हि.स.)। केन्द्रिय संसदीय कार्यमन्त्री किरेन रिजिजूले मेघालय विधानसभाका आठ निर्वाचित विधायक भारतीय जनता पार्टी परिवारमा सामेल भएकोमा स्वागत गरेका छन्। उनले पत्रकार सम्मेलनमा सबै आठ विधायकको उपस्थितिमा यो पूर्वोत्तरका लागि महत्वपूर्ण घटनाक्रम भएको बताए।

किरण रिजिजूले भाजपामा सामेल हुने सबै आठ विधायक यसअघि युनाइटेड डेमोक्रेटिक पार्टीसँग आबद्ध रहेको बताए। रिजिजूले युनाइटेड डेमोक्रेटिक पार्टीलाई मेघालयको एक महत्वपूर्ण क्षेत्रीय पार्टी बताउँदै यी विधायकहरूलाई भाजपा परिवारमा स्वागत गरे।

रिजिजूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पछिल्ला १२ वर्षको अवधिमा पूर्वोत्तर र मेघालयमा विकास तथा परिवर्तन देखिएको बताए। उनका अनुसार, प्रधानमन्त्री मोदीको पूर्वोत्तरका जनतासँग भावनात्मक सम्बन्ध रहेको छ र भाजपाले यस क्षेत्रमा विकासको राजनीतिलाई नयाँ दिशा दिएको छ।

केन्द्रिय मन्त्रीले यी परिवर्तन तथा विकासका कार्यहरूलाई ध्यानमा राख्दै मेघालयका यी आठ विधायक प्रधानमन्त्री मोदी र भाजपाको नेतृत्वमा रहेको सरकारको कामबाट प्रभावित भएको बताए। उनले यही विश्वासका साथ यी विधायकहरूले भाजपासँग जोडिने निर्णय गरेको बताए।

रिजिजूले आठै विधायकलाई भाजपामा स्वागत गर्दै यसलाई पूर्वोत्तर र मेघालयको राजनीतिका दृष्टिले महत्वपूर्ण घटनाक्रम बताए। पत्रकार सम्मेलनमा भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राको उपस्थितिमा सबै आठ विधायकले भाजपासँग जोडिएको घोषणा गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande