
कोलकाता, २३ सेप्टेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले देशका विभिन्न भागमा एकैसाथ ठूलो कारबाही गर्दै दिल्ली, बेङलुरु र कोलकातासहित कुल १७ स्थानमा लामो समयसम्म छापामारी गरेको छ। यस उच्चस्तरीय जाँचका क्रममा बुधबार बिहान कोलकातामा ईडीका अधिकारीहरूले एक प्रमुख व्यापारीको घरमा अचानक छापा मारेका छन्।
प्राप्त जानकारीअनुसार, अलीपुरस्थित एक व्यवसायीको आवासमा ईडीको टोलीले गहन तलाशी तथा कागजातहरूको जाँच गरिरहेको छ। यही मामिलाका कडीहरू जोड्दै कोलकाताको बालीगञ्ज क्षेत्रमा पनि अर्को एक स्थानमा समानान्तर रूपमा छापामारी अभियान जारी छ। जाँच एजेन्सीले शङ्कास्पद वित्तीय कारोबार तथा धनशोधनको कोणबाट यी परिसरहरूमा जाँच गरिरहेको छ।
सूत्रहरूले यो मामला करोडौँ रुपियाँको भ्रष्टाचारसँग सम्बन्धित रहेको बताएका छन्। हालसम्म ईडीले यसबारे आधिकारिक रूपमा कुनै बयान जारी गरेको छैन। तर केन्द्रिय एजेन्सीका अधिकारीहरूसँगै केन्द्रिय सुरक्षा बलका जवानहरू पनि घटनास्थलमा उपस्थित रहेको बताइएको छ। समाचार तयार पार्दासम्म तलाशी अभियान जारी थियो।
हिन्दुस्थान समाचार / भवानी थामी