
नगाउँ (असम), 24 सेप्टेम्बर (हि.स.)। असमको नगाउँ जिल्लामा मत्स्य विभागले कलियाबर क्षेत्रबाट 1,200 क्विन्टल प्रतिबन्धित थाई माँगुर माछा जफत गरेको छ। यो कारबाही प्रतिबन्धित माछाको परिवहनविरूद्ध सञ्चालित अभियान अन्तर्गत गरिएको हो।
जानकारी अनुसार जागीरोडदेखि गोलाघाट लगिरहेको उक्त माछाको ठूलो खेपलाी जकलाबान्धा पुलिसले बाटोमै समात्यो। त्यसपछि नगाउँ जिल्ला मत्स्य विभागका अधिकारीहरूले उक्त खेपलाी आफ्नो कब्जामा लिए।
अधिकारीहरू अनुसार प्रतिबन्धित माछा लगिरहेको सूचना प्राप्त बएपछि जाँच गरियो जसमा लगभग 1,200 क्विन्टल थाई माँगुर जफत गरियो। पछि जफत गरिएको माछालाई माटोमा पुरियो। मामिलाको अग्रिम कानूनी कारबाही शुरू गरिएको छ।
मत्स्य विभाग र पुलिसको कारबाहीपथि अब यो पत्तो लगाउने प्रयास गरिंदैछकि यति धेरै प्रतिबन्धित माछा कहाँबाट ल्याइएको थियो र यसको परिवहनमा को-को सामेल थिए। राज्यमा प्रतिबन्धित माछाको उत्पादन, बिक्री एवं परिवहनविरूद्ध विभागले कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा