गोसाई गाउँ हाट रेलवे स्टेशनको डीआरएमले गरे विस्तृत निरीक्षण
गोसाई गाउँ हाट रेलवे स्टेशनको डीआरएमले गरे विस्तृत निरीक्षण


कोकराझार (असम), 24 सेप्टेम्बर (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) को अलिपुरद्वार मण्डलका मण्डल रेल प्रबन्धक (डीआरएम) देवेन्द्र सिंहले बिहीवार गोसाई गाउँ हाट रेलवे स्टेशनको विस्तृत निरीक्षण गरे। निरीक्षण अवधि मण्डलका वरिष्ठ अधिकारीहरू पनि उनको साथमा उपस्थित थिए।

निरीक्षणको क्रममा डीआरएमले स्टेशनको परिचालन व्यवस्था, यात्री सुविधा तथा विभिन्न आधारभूत संरचनाहरूको जायजा लिए। उनले अमृत भारत स्टेशन योजना अन्तर्गत भइरहेका विकास कार्यहरूको निरीक्षण गर्नका साथै नयाँ स्टेशन मास्टर कक्ष, प्यानल रूम तथा यात्री सुविधाहरूसित सम्बन्धित निर्माण एवं विकास कार्यहरूको प्रगतिको समीक्षा गरे।

डीआरएमले गोसाई गाउँ हाट स्टेशनको गुड्स यार्डको पनि निरीक्षण गर्दै स्टेशनको री-मोडलिङ्ग कार्यसँगसँगै गुड्स यार्ड तर्फ रेलवेका विभिन्न परिसम्पत्ति एवं क्षेत्रमा भइरहेका कार्यहरूको प्रगतिको जानकारी लिए।

स्टेशन निरीक्षण गर्नअघि डीआरएमले अलिपुरद्वार जङ्क्शनदेखि गोसाई गाउँ हाट रेलवे स्टेशनसम्म विण्डो ट्रेलिङ्ग निरीक्षण गरे। यस अवधि रेलखण्डमा रेलवे ट्र्याक, पुल, ओभहेड विद्युत प्रतिष्ठानहरू तथा अन्य रेलवे परिसम्पत्तिहरूको स्थितिको जायजा लिइयो।

निरीक्षणको मुख्य उद्देश्य रेलखण्डमेा परिचालन दक्षता, आधारभूत संरचनाहरूको रखरखाउ तथा यात्री सुविधाहरूको स्थितिको समीक्षा गर्नुथियो ताकि क्षेत्रमा सुरक्षित, सुचारू र विश्वसनीय रेल सेवा सुनिश्चित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande