
पश्चिम बर्दवान, 24 सेप्टेम्बर (हि.स.)। एसआईआर मामिलामा राज्यकी पूर्व मन्त्री तथा वर्तमान सुजापुरबाट विधायक सबिना यासमिनलाई बिहीवार एनआईएले बोलाएको थियो। एनआईएद्वारा उनलाई मालदाको कालियाचक थानामा उपस्थित हुने निर्देश दिइएको थियो। बिहीवार बिहान 11 बजेभित्रमा उनलाई कालियाचक थानामा उपस्थित हुनुथियो। एनआईएको टीम र कालियाचक थानाको पुलिस सबिना यासमिनलाई जाँचबुझ गर्नको लागि तयार थियो, तर उनी जाँचबुझको लागि उपस्थित भइनन्।
सबिना यासमिनले बताइन्, उनका पति हाल बिमार भएका कारण उनलाई कोलकाताको एक नर्सिङ्ग होममा भर्ती गरिएको छ। उनको पतिको गल ब्ल्याडर सर्जरी भएको छ। त्यसैले उनी मालदामा आउन सक्दिनन्। उनले भनिन्, यदि एनआईएले उनलाई कोलकातामा बोलाएको भए उनी उपस्थित हुने थिइन्। उनले यो पनि भनिन, एसआईआर मामिलामा उच्चतम अदालतको निर्देशमा एनआईएले गरिरहेको जाँचमा उनले सहयोग गर्नेछन्।
पुलिस सूत्र अनुसार मोथाबाड़ी मामिलामा पूर्व मन्त्री सबिना यासमिनलाई बोलाइएको थियो। कालिचायक नम्बर एक ब्लकमा प्रदर्शन तथा राष्ट्रिय राजमार्ग जाम गरेको मामिलामा पूर्व मन्त्रीविरूद्ध मामिला दर्ता गरिएको थियो। यसै मामिलामा जाँचबुझ गर्नको लागि एनआईएले उनलाई समन पठाएको थियो। यसपूर्व यसै घटनाको सिलसिलामा सबिना यासमिनका पति मेहबूब आलम उपनाम नीलमलाई पनि एनआईएले बोलाइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा