नोएडा बस दुर्घटना: प्रधानमन्त्रीले प्रत्येक मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपियाँ सहयोगको घोषणा गरे
आग में जलकर क्षतिग्रस्त बस


नयाँ दिल्ली, २४ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ग्रेटर नोएडाको यमुना एक्सप्रेस-वेमा भएको स्लीपर बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई दुई-दुई लाख रुपियाँ र घाइतेहरूलाई ५०-५० हजार रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेका छन्, “उत्तर प्रदेशको ग्रेटर नोएडामा बसमा आगलागी भएको घटनामा मानिसहरूको मृत्यु भएको खबर सुनेर निकै दुःख लागेको छ। आफ्ना प्रियजन गुमाउनेहरूप्रति मेरो संवेदना छ। घाइतेहरू शीघ्र निको होऊन् भन्ने कामना गर्दछु। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई दुई-दुई लाख रुपियाँ अनुग्रह राशि दिइनेछ। घाइतेहरूलाई ५०-५० हजार रुपियाँ दिइनेछ।”

उल्लेखनीय छ, दिल्लीको कश्मीरी गेटबाट उत्तर प्रदेशको महोबा जाँदै गरेको एउटा डबल डेकर बसमा बुधबार मध्यराति यमुना एक्सप्रेस-वेमा ३३ किलोमिटरको स्थानमा आगलागी भएको थियो। त्यसबेला बसमा ३५ जना सवार थिए। यस दुर्घटनामा एक महिलासहित नौ जनाको जलेर मृत्यु भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande