
कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा यस वर्षको अन्तसम्ममा सयकड़ौं मदरसाहरू बन्द हुने सम्भावना छ। शिक्षा विभागको सूत्र अनुसार विद्यार्थीहरूको न्यून सङ्ख्या तथा पर्याप्त बुनियादी ढाँचाको अभावमा 250 वटा सरकारी मान्यता प्राप्त निजी मदरसाहरूलाई आगामी दिसम्बर महिनासम्ममा बन्द गर्नसक्छ।
यस अतिरिक्त लगभग सय वटा मदरसाहरूलाई कारण बताऊ नोटिस जारी गरिएको छ जसले पूजा अगावै नोटिसको जवाफ दिनुपर्नएछ। यीमध्ये पनि 50 भन्दा अधिक मदरसाहरूमाथि बन्द गर्ने कारबाही गर्नसक्छ। त्यसैले आगामी दिसम्बर महिनाभित्रमा तीन सयभन्दा अधिक मदरसाहरू बन्द हुने सम्भावना व्यक्त गरिएको छ।
नवान्न सूत्र अनुसार राज्यमा खारेज भइसकेका मदरसाहरूलाई पनि यसरी नै जारी राख्ने अनुमति दिइनेछैन। सरकारी मान्यता प्राप्त निजी मदरसाहरूमा यदि आवश्यक बुनियादी सुविधा छैन वा नियमहरू अनुसार सञ्चालन भइरहेको छैन भने उनीहरूलाई पनि बन्द गरिनेछ। भनिन्छ, राज्यमा अहिलेसम्ममा 252 वटा मबदरसाहरूलाई बन्द गरिसकिएको छ।
यी मदरसाहरूमा कुचबिहार, जलपाईगुड़ी, अलिपुरद्वार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदा, मुर्शिदाबाद, नदिया, उत्तर 24 परगना, दक्षिण 24 परगना, हावड़ा, हुगली, पूर्व बर्धमान र पश्चिम बर्धमान जिल्लाका मदरसाहरू सामेल छन्। यस अतिरिक्त सय वटा अन्य मदरसाहरूलाई पनि विभिन्न गम्भीर अनियमितताहरूको आरोपमा कारण बताऊ नोटिस दिइएको छ। आरोप छ, यीमध्ये केही मदरसाहरू निर्धारित नियमानुसार सञ्चालन भइरहेका थिएनन्।
राज्यका अल्पसङ्ख्यक विकास मन्त्री क्षुदिराम टुडू अनुसार आगामी दिसम्बरमा शिक्षा विभागको सत्र समाप्त हुन्छ। त्यसपछि राज्य सरकारले यी मदरसाहरूलाई बन्द गर्ने नोटिस जारी गर्नेछ। उनले बताए, कतिपय मदरसाहरूमा नाम मात्रका विद्यार्थीहरू छन्। त्यसैले दि तिनीहरूलाई शैक्षणिक सत्रको बीचमा बन्द गरियो भने बीचमा पढ़ाई छोड़्ने विद्यार्थीहरूको सङ्ख्या बढ़्नसक्छ। त्यसैले कारबाहीलाई दिसम्बरसम्म स्थगित गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा