बिहान सबेरै पुलिस घरमा पुग्यो, पिङ्गलाका विधायक अजित माइती पक्राउ
बिहान सबेरै पुलिस घरमा पुग्यो, पिङ्गलाका विधायक अजित माइती पक्राउ


पश्चिम मेदिनीपुर, 25 सेप्टेम्बर (हि.स.)। रुपियाँ असुली गरेको आरोपमा पिङ्गलाका पूर्व विधायक एवं तृणमूल कङ्ग्रेसका नेता अजित माइतीलाई पुलिसले पक्राउ गरेको छ। शुक्रवार भोर बिहानै जाँच अधिकारीहरूले मादपुर स्टेशन निकट अवस्थित उनको घरमा छापामारी गरेर उनलाई त्यहीँबाट पक्राउ गरे। हाल अजित माइतीलाई डेबरा थानामा राखिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

पुलिस सूत्र अनुसार भाजपा नेता गोविन्द दासले गत 23 सेप्टेम्बरमा पिङ्गला थानामेा अजित माइतीविरूद्ध प्राथमिकी दर्ता गरेका थिए। सिकायतमा आरोप लगाइएको छ, वर्ष 2016-मा तृणमूल कङ्ग्रेसको पिङ्गला ब्लक अन्तर्गत जमना-दुई नम्बर क्षेत्रीय एकाईका अध्यक्ष रहँदा अजित माइतीले गोविन्द दासलाई ब्लक अध्यक्ष बनाउने अश्वासन दिएर 15 लाख रुपियाँ लिएका थिए। तर गोविन्द दासलाई ब्लक अध्यक्ष बनाइएन।पछि उनले रुपियाँ फिर्ता माग्दा नफर्काएको आरोप छ। गोविन्द दासको दाबी छ, रुपियाँ फिर्ता माग्दा उनलाई सताइएको थियो।

पुलिसले शुक्रवार भोर बिहानै अजित माइतीको घरमा छापामारी गऱ्यो जतिबेला उनी घरमै थिए। पुलिसले उनलाई पक्राई गरी डेबरा थानामा पुऱ्यायो। सूत्रानुसा शुक्रवार नै उनलाई मेदिनीपुर अस्पतालमा पेश गर्नसक्छ। अजित माइती वर्तमानमा पश्चिम मेदिनीपुर जिल्ला परिषदका सह-सभाधिपति हुन् जो लामो समयसम्म तृणमूल कङ्ग्रेसको जिल्ला अध्यक्ष पनि रहिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande