भाजपा मियाँ विरोधी होइन, बाल विवाह र बहुविवाहको विरोधी भने हो: मुख्यमन्त्री
भाजपा मियाँ विरोधी होइन, बाल विवाह र बहुविवाहको विरोधी भने हो: मुख्यमन्त्री


गुवाहाटी, 25 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार भने, भाजपा मियाँ समुदायको विरोधमा छैन, तर पार्टीले बाल विवाह र बहुविवाह जस्ता कुरितीहरूको भने अवश्य विरोध गर्दछ। मुख्यमन्त्रीले एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गर्दै उक्त मन्तव्य व्यक्त गरे।

सोधिएको एक प्रश्नको उत्तर दिँदै मुख्यमन्त्रीले भने, राष्ट्रवादी मियाँ समुदायका मानिसहरूले आगामी नगाउँ लोकसभा उपचुनाउमा भाजपालाई भोट दिनेछन्। उनले दाबी गरे, यदि नगाउँमा कङ्ग्रेस पराजित भयो भने कङ्ग्रेस आगामी सय वर्षसम्म पनि सत्तामा फर्किन सक्नेछैन।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई लिएर सिटीजन्स फर जस्टिस एण्ड पीस (सीजेपी) द्वारा 48 घण्टाको समय-सीमा दिइएको सन्दर्भमा मुख्यमन्त्रीले प्रतिक्रिया व्यक्त गर्दै प्रश्न उठाए, सीजेपीले भन्दैमा मुख्य निर्वाचन आयुक्तले राजीनामा दिन्छन् र? कतिपय मानिसहरूले आफ्नै माता-पिताको कुरा त सुन्दैनन् भने उनले सीजेपीको कुरा सुन्लान् त?

मुख्यमन्त्रीले मिंसिङ्ग स्वायत्तशासी परिषद र सोनोवाल कछारी स्वायत्तशासी परिषदको चुनाउलाई लिएर भने, भाजपा वा अन्य कुनै राजनीतिक दलसित जोड़िएका मानिसहरूले चुनाउ लड़्न सक्नेछ। तर उसले आफ्नो पार्टीको नाम र चुनाउ चिन्ह भने प्रयोग गर्न सक्नेछैन।

यसपूर्व मुख्यमन्त्रीले राज्य सरकारको ‘सेवा सङ्कल्प अभियान’- को शुभारम्भ कार्यक्रममा भाग लिए। अभियानलाई विकसित भारत 2047 को लक्ष्य हासिल गर्ने दिशामा असमको एउटा पहलको रूपमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande