प्रथम वाहिनी एसएसबीको डी समवायद्वारा मोरी गाउँमा वृक्षारोपण एवं सफाई अभियान आयोजित
प्रथम वाहिनी एसएसबीको डी समवायद्वारा मोरी गाउँमा वृक्षारोपण एवं सफाई अभियान आयोजित


मोरी गाउँ (असम), 25 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको सोनापुरस्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी)- का द्वितीय कमान अधिकारी एवं कार्यवाहक कमाण्डेन्ट केएच. इबोचौबा सिंहको मार्गदर्शनमा मोरी गाउँस्थित डी समवायद्वारा शुक्रवार पोशतिया हरि मन्दिर परिसरमा वृक्षारोपण एवं सफाई अभियान आयोजना गरियो।

समवाय कमाण्डर/प्रभारी विद्या प्रकाशद्वारा नेतृत्त गरिएको अभियानमा 20 एसएसबी कार्मिक एवं 10 ग्रामीणहरूले उत्साहपूर्वक भाग लिए।

यस अवसरमा पर्यावरण संरक्षण एवं स्वच्छताप्रति जागरूकता बढ़ाउने उद्देश्यले व्यापक सफाई अभियान सञ्चालन गरियो भने 165 वटा बिरूवाहरू रोपियो। कार्यक्रममा उपस्थित ग्रामीणहरूलाई अधिकभन्दा अधिक बिरूवा रोप्न तथा त्यसलाई नियमित स्याहार-सम्भार गर्नको लागि प्रेरित गरियो।

कार्यक्रमको माध्यमबाट एसएसबीद्वारा पर्यावरण संरक्षण, स्वच्छता एवं स्थानीय समुदायको सहभागिताप्रति आफ्नो प्रतिबद्धतालाई प्रदर्शित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande