भुज र बरौनीबीच नयाँ त्रि-साप्ताहिक अमृत भारत एक्सप्रेस सञ्चालन हुने
अमृत भारत एक्सप्रेस ट्रेन (फाइल फोटो)


नयाँ दिल्ली, २५ सेप्टेम्बर (हि.स.)। भारतीय रेलवेले गुजरातको भुज र बिहारको बरौनीबीच नयाँ त्रि-साप्ताहिक अमृत भारत एक्सप्रेस सञ्चालन गर्न स्वीकृति दिएको छ। यो रेलले २ हजार ५३२ किलोमिटरको दूरी तय गर्दै गुजरात, राजस्थान, उत्तर प्रदेश र बिहारका प्रमुख शहरलाई जोड्नेछ।

रेल मन्त्रालय अनुसार, रेल नम्बर १९४२७ भुज–बरौनी अमृत भारत एक्सप्रेस भुजबाट साँझ ५ः३० बजी प्रस्थान गरी भोलीपल्ट बिहान ४ः०५ बजी बरौनी पुग्नेछ। फिर्ता यात्रामा रेल नम्बर १९४२८ बरौनी–भुज अमृत भारत एक्सप्रेस बरौनीबाट राति ११ः५५ बजी प्रस्थान गरी भोलीपल्ट दिउँसो १ः१५ बजी भुज पुग्नेछ। भुज–बरौनी रेल सोमवार, बुधवार र शनिवार सञ्चालन हुनेछ भने बरौनी–भुज रेल मंगलवार, बिहिवार र शनिवार चल्नेछ।

नयाँ रेलको मार्गमा समाखियाली, अहमदाबाद, रतलाम, कोटा, सवाई माधोपुर, गंगापुर सिटी, भरतपुर, मथुरा, हाथरस, बरेली, इज्जतनगर, पीलीभीत, लखीमपुर, गोन्डा, गोरखपुर, सिवान, छपरा, हाजीपुर, मुजफ्फरपुर र समस्तीपुरलगायत प्रमुख स्टेसनमा व्यावसायिक ठहराव हुनेछ।

रेलवेले नयाँ सेवाले देशको पश्चिमी र पूर्वी क्षेत्रबीच रेल सम्पर्कका लागि थप विकल्प उपलब्ध गराउने तथा गुजरात, राजस्थान, उत्तर प्रदेश र बिहारबीच यात्रा गर्ने यात्रुलाई सुविधा पुग्ने जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande