भाड़ाको घरभित्र महिलाको सड़िसकेको शव भेटियो, पति हिरासतमा
भाड़ाको घरभित्र महिलाको सड़िसकेको शव भेटियो, पति हिरासतमा


सिलगढ़ी, 25 सेप्टेम्बर (हि. स.)। नक्सलबाड़ीको रथखोला मोड़ क्षेत्रमा एउटा भाड़ाको घरभित्र एकजना महिलाको सड़िसकेको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। घटना प्रकाशमा आएपछि क्षेत्रमा खैलाबैला मचियो। मृतकाको पहिचान नेपालको धुलाबाड़ी निवासी हेमा मण्डलको रूपमा भएको छ।मृतकाको परिवारले उसको पति बिप्लव चौधरीमाथि आत्महत्याको लागि उक्साएको र उसको मृत्युमा संलिप्त रहेको आरोप लगाएको छ।

जानकारी अनुसार लगभग दुई वर्षअघि हेमा र गङ्गारामपुर निवासी बिप्लवको प्रेम विवाह भएको थियो। विवाहपछि दुवै नक्सलबाड़ीको रथखोड़ा मोड़ क्षेत्रमा भाड़ाको घरमा बस्न थाले।

भनिन्छ, बिप्लव कामको सिलसिलामा लगभग एक सप्ताहदेखिकै बाहिर थियो। शुक्रवार घर फर्केर आउँदा उसले पत्नीको सड़िसकेको शव झुण्डिरहेको देखेपछि पुलिसलाई सूचित गऱ्यो। त्यसपछि नक्सलबाड़ी थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लग्यो। मेजिस्ट्रेटको उपस्थितिमा कानूनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। पुलिसले जाँचबुझ गर्नको लागि मृतकाको पतिलाई हिरासतमा लिएको छ।

घटनाको खबर पाएर हेमाका आफन्तहरू नेपालबाट नक्सलबाड़ी आइपुगे। मृतकाका पिताले थानामा लिखित सिकायत दर्ता गराउँदै आफ्नो ज्वाईँमाथि गम्भीर आरोप लगाएका छन्। उनको दाबी छ, छोरीको मृत्युको पछाड़ि बिप्लवको हात हुनसक्छ। पुलिसले सिकायतको आधारमा मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande