बिमार भएका इञ्जीनियरिङ्गका छात्रको अस्पतालमा मृत्यु
बिमार भएका इञ्जीनियरिङ्गका छात्रको अस्पतालमा मृत्यु


मेदिनीपुर, 25 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको हल्दियामा एक निजी इञ्जीनियरिङ्ग कलेजको प्रथम वर्षका छात्रको संदिग्ध परिस्थितिमा मृत्युु भयो। मृतकको पहिचान बिहारको पटना निवासी आदित्य राय (20)‌ को रूपमा भएको छ। गए बिहीवार साँझ होस्टेलमा अचानक अस्वस्थ भएपछि सहपाठीहरूले उसलाई हल्दिया महकुमा अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

आदित्य यसै वर्ष इञ्जीनियरिङ्ग कलेजमा प्रवेश भएका थिए भने होस्टेलमा बसेर पढ़ाई गरिरहेका थिए। बिहीवार साँझ अचानक उसको स्वास्थ्य बिग्रियो। त्यसपछि हेस्टेलका साथी छात्रहरूले उसलाई अस्पतालमा पुऱ्याए, तर उसको ज्यान बच्न सकेन।

यो खबर लेखुञ्जेलसम्म आदित्यको मृत्युको वास्तविक कारण स्पष्ट हुन सकेको थिएन। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो भने शुक्रवार पोस्टमर्टम गरेपछि शव परिवारलाई सुम्पिइयो। हल्दिया पुलिसले परिवारसित सम्पर्क गरिसकेको छ भने मामिलाको जाँच पनि शुरू गरेको छ।

हल्दिया महुकमाका अतिरिक्त पुलिस अधीक्षक विवेक कुमार वर्माले बताए, पोस्टमर्टम रिपोर्ट आएपछि नै छात्रको मृत्युको वास्तविक कारण पत्तो लाग्नेछ।मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande