पुडुचेरीका 22 जना विद्यार्थीहरू सौरभ गाङ्गुलीको घरमा पुगे, भेटपछि उत्साहित भए सौरभ
पुडुचेरीका 22 जना विद्यार्थीहरू सौरभ गाङ्गुलीको घरमा पुगे, भेटपछि उत्साहित भए सौरभ


कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। कोलकाताको बेहालास्थित भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गाङ्गुलीको घरमा शुक्रवार पुडुचेरीबाट आएका लगभग 20-22 जना विद्यार्थीहरूलाई विशेष स्वागत गरियो। पहिलो पटक विमान मार्फत कोलकाता आएका यी विद्यार्थीहरूका लागि सौरभ गाङ्गुलीसित भएको भेट कुनै अविस्मरणीय क्षणभन्दा कम रहेन। विद्यार्थीहरूले क्रिकेट जगतका 'दादा' सित भेट गरे, उनीसित बातचित गरे अनि अटोग्राफ लिए। सौरभ गाङ्गुलीले पनि उनीहरूलाई आफ्नो हातले उपहार दिए, अटोग्राफ भएको ब्याट भेंट गरी उनीहरूको खुशीलाई दुई गुणा बढ़ाइदिए।

यी विद्यार्थी नानीहरूसित भएको भेट अवधि सौरभ गाङ्गुलीलाई अत्यन्त उत्साहित र खुशी देखियो। पुडुचेरीबाट आएका विद्यार्थीहरूको लागि कोलकाता भ्रमणको कार्यक्रम पनि बनाइएको छ जसान्तर्गत उनीहरूले शहरका भिन्न-भिन्न भागहरूको दौड़ाह गर्नेछन्।

यस अवसरमा सौरभ गाङ्गुलीले आगामी दुर्गा पूजालाई लिएर राज्यवासीहरूलाई शुभकामना पनि दिए। यता सीएबीमा राजनीतिक व्यक्तित्वहरू आउने सम्बन्धमा सोधिएको प्रश्नमा भनले उनले भने, लोढ़ा समितिको सिफारिसमा राजनीतिक व्यक्तित्वहरू आउने सम्बन्धमा त्यस्तो केही पनि प्रतिबन्ध छैन।

महालयाको दिन ईडन गार्डन्समा हुन गइरहेको विशेष कार्यक्रमको सन्दर्भमा गाङ्गुलीले भने, कार्यक्रमलाई लिएर आज बिहान बैठक भएको थियो। यस आयोजनमा प्रधानमन्त्री र मुख्यमन्त्री सामेल हुने कुरा गरिएको छ। यस अतिरिक्त बाहिरबाट पनि ठूलो सङ्ख्यामा मानिसहरू आउने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande