
इम्फाल, २५ सेप्टेम्बर (हि.स.)। मणिपुरमा सुरक्षा बलले छुट्टा-छुट्टै अभियान चलाएर प्रतिबन्धित संगठन रिभोलुशनरी पिपुल्स फ्रन्ट/पिपुल्स लिबरेशन आर्मी (आरपीएफ/पीएलएका) दुई कार्यकर्तालाई पक्राउ गरेको छ।
पुलिसले शुक्रवार दिएको जानकारी अनुसार, सीडीओ–इम्फाल पश्चिमको टोलीले पटसोई थाना क्षेत्रको लाङजिङबाट कथित बलजफ्ती असुलीमा संलग्न आरपीएफ/पीएलएको एक कार्यकर्तालाई पक्राउ गरेको छ। पक्रा पर्नेमा विष्णुपुर जिल्लाको पोम्बिखोक मायाई लीकाई निवासी ओकराम नन्द मैतेईका छोरा २५ वर्षीय ओकराम गोबिन मैतेई रहेको छ।
अर्को अभियान अन्तर्गत सीडीओ एकाइ, काकचिङको टोलीले २४ सेप्टेम्बरमा काकचिङ थाना क्षेत्रको इरेङबन्द मायाई लीकाई निवासी ४९ वर्षीय सञ्जेनबाम अबुङ सिंह उर्फ कृष्णालाई उसको निवासबाट पक्राउ गरेको छ। उ एस. चाओबा सिंहको छोरा हो। सुरक्षा निकाय अनुसार, उ आरपीएफ/पीएलएको सक्रिय कार्यकर्ता हो।
/ बिशाल