
आइजोल, २५ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मणिपुरका दुई कुकी विद्यार्थी नेतालाई मिजोरमको राजधानी आइजोलबाट पक्राउ गरेको छ। एनआईएका आधिकारिक सूत्रले शुक्रवार यसबारे जानकारी दिएका हुन्।
अधिकारी अनुसार, दुवैलाई बिहिवार आइजोलको खाटला क्षेत्रमा रहेको एक होटलबाट नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई पक्राउ गर्नुभन्दा केही घण्टाअघि एनआईएले असम राइफल्सको सहयोगमा युनाइटेड कुकी नेशनल आर्मी (यूकेएनए)को प्रमुख थाङखोमाङ हाओकिप र उसका चालकलाई पनि आइजोलको बाहिरी क्षेत्रबाट पक्राउ गरेको थियो।
अधिकारीले बताए, दुवै विद्यार्थी नेता, हाओकिप र उसका चालक हाल एनआईएको हिरासतमा छन्। हाओकिप मणिपुरमा दर्ता भएका विभिन्न मुद्दाका सम्बन्धमा खोजीमा थियो।
यद्यपि, दुवै विद्यार्थी नेतासँग सम्बन्धित मुद्दा वा उनीहरूमाथि लगाइएको आरोपबारे तत्काल विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। अधिकारीहरूले यस कारबाहीमा सहायक गुप्तचर ब्युरो (एसआईबी) सहभागी नभएको स्पष्ट पारेका छन्।
यसअघि एसआईबी पनि उक्त अभियानमा सहभागी भएको समाचार सार्वजनिक भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी