सेवा यात्राका अनुभव जीवनको पुँजी, भारतलाई किताबबाट होइन गाउँ-गाउँ पुगेर बुझ्नुहोस् : मोदी
प्रधानमंत्री नरेन्द्र मोदी ने शुक्रवार को‘सेवा संकल्प अभियान’ के तहत वडनगर से वाराणसी जाने वाले दल के साथ वीडियो कॉन्फ्रेंसिंग के माध्यम से संवाद करते हुए


नयाँ दिल्ली, २५ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार ‘सेवा सङ्कल्प अभियान’ का सेवा यात्रामा सहभागी युवाहरूलाई यात्राका क्रममा विभिन्न राज्यका गाउँमा पुगेर स्थानीय बासिन्दासँग जोड़िने र सेवामूलक कार्य गर्ने अनुभव उनीहरूको जीवनको अमूल्य पुँजी बन्ने बताएका छन्। उनले युवाहरूलाई भारतको विविधता, गाउँको संस्कृति र समाजसेवाको भावनालाई किताबबाट मात्र पूर्ण रूपमा बुझ्न नसकिने भएकाले गाउँ-गाउँ पुगेर जनताबीच रहन आवश्यक रहेको बताए। मोदीले यात्राका अनुभवलाई लेखेर तथा दर्ता गर्दै जान पनि यात्रुहरूलाई आग्रह गरे।

प्रधानमन्त्रीले ‘सेवा सङ्कल्प अभियान’ अन्तर्गत वडनगरबाट वाराणसी जाने टोलीसँग भीडियो कन्फ्रेन्स मार्फत संवाद गर्दै पछिल्ला लगभग १०–१२ वर्षमा गाउँमा पूर्वाधार र सुविधामा ठूलो परिवर्तन आएको तथा शहर र गाउँबीचको अन्तर निकै कम भएको बताए। उनले ‘नमो ड्रोन दीदी’ र ‘लखपति दीदी’ जस्ता पहलको उल्लेख गर्दै यात्रुहरूलाई गाउँमा परिवर्तनको अनुभूति भइरहेको छ कि छैन तथा ग्रामीण बासिन्दाले पनि यसबारे चर्चा गर्ने गरेका छन् कि छैनन् भनेर सोधे। यात्राले युवाहरूलाई यी परिवर्तन प्रत्यक्ष रूपमा हेर्न र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरिरहेको उनले बताए।

मोदीले सेवा यात्रुहरूलाई सुरक्षामा पनि ध्यान दिन सुझाव दिए। यात्रुहरूले लगाएको भगवा फेटाको उल्लेख गर्दै उनले हल्का शैलीमा मोटरसाइकल चलाउँदा फेटा लगाएर नहिँड्ने र हेल्मेट लगाउने गरेको हुनुपर्ने बताए। उनले परिवारसँग सम्पर्कमा रहन, यात्राका क्रममा पर्ने क्षेत्रका मानिससँग जोड़िन, उनीहरूको सम्पर्क नम्बर लिन तथा सन्देश आदान-प्रदानका समूह बनाउन पनि सुझाव दिए।

प्रधानमन्त्रीले पण्डित दीनदयाल उपाध्यायको जयन्तीका अवसरमा उनलाई स्मरण गरे। दीनदयाल उपाध्यायले समाज जीवनमा कर्तव्यसँग जोड़िएका सात सूत्र—सेवाभाव, सन्तुलन, संयम, समन्वय, सकारात्मकता, संवेदना र संवाद—को उल्लेख गर्दै मोदीले यी नै सेवा सङ्कल्प यात्राको आत्मा रहेको बताए। गाउँमा बालबालिकालाई अध्ययन सामग्री वितरण गर्नु, वृक्षरोपण गर्नु, वरिष्ठ नागरिकको सेवा गर्नु, महिलासँग सम्पर्क गर्नु तथा युवाहरूका सपना बुझ्नु फरक–फरक कार्य देखिए पनि यी सबैको पछाड़ी मानवतालाई केन्द्रमा राखेर समाजसेवा गर्ने समान भावना रहेको उनले बताए।

महात्मा गान्धीको जीवनको उल्लेख गर्दै मोदीले गान्धीले स्वतन्त्रता आन्दोलनसँगै सामाजिक सुधारका लागि पनि काम गरेको र समाजमा व्याप्त विकृति विरुद्ध निरन्तर आवाज उठाएको बताए। समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर प्रयास गरिरहनुपर्नेमा उनले जोड दिए। उनले केवल आफ्नो मतदाता समूहमा ध्यान दिएर समाजमा रहेका समस्यालाई बेवास्ता गर्न नहुने बताए।

प्रधानमन्त्रीले सफाइकर्मीहरूको योगदानको उल्लेख गर्दै समाजका लागि सरसफाइको काम गर्ने व्यक्तिहरूको सम्मान हुनुपर्ने बताए। उनले प्रयागराजमा सफाइकर्मीहरूको खुट्टा धोएर सम्मान गरिएको घटनाको पनि उल्लेख गर्दै उनीहरूको कार्यले भारतको सम्मान बढ़ाएको बताए।

मोदीले दीनदयाल उपाध्यायको एकात्म मानव दर्शनको उल्लेख गर्दै व्यक्तिको विकास समाज र देशबाट अलग हुन नसक्ने बताए। समाजको विकास प्रकृतिलाई क्षति पुर्याएर नहुने र देशको विकासको लाभ समाजको अन्तिम व्यक्तिसम्म पुग्नुपर्ने उनले बताए। सेवाको यही भावनाले अन्त्योदयको विचारतर्फ लैजाने उनले उल्लेख गरे।

मोदीले सफलताको बाटो साना–साना प्रयासबाट बन्ने र यिनै प्रयासको सफलताबाट ठूला लक्ष्य हासिल हुने बताए। उनले सेवा यात्रुहरूलाई यात्राका क्रममा प्राप्त अनुभव लेखेर तथा अभिलेख राख्न आग्रह गर्दै यात्रा समाप्त भएपछि यी अनुभव जीवनमा निकै उपयोगी हुने बताए। अहिले प्रत्येक टोलीमा लगभग २० जना रहेको उल्लेख गर्दै उनले वडनगर र काशी पुगेपछि दुवैतर्फ लगभग ५००–५०० जना हुने भएकाले सबैले दुई–तीन घण्टा सँगै बसेर आफ्ना अनुभव आदान-प्रदान गर्न सुझाव दिए।

सेवा सङ्कल्प यात्रा उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, हरियाणा, दिल्ली र गुजरात सहित १० राज्यका १९३ जिल्ला, ७७३ तहसील र १० हजार १५९ गाउँ हुँदै अघि बढ़िरहेको छ। यात्राका क्रममा वृक्षरोपण, सरसफाइ, फलफूल वितरण, स्वास्थ्य सहायता, सामग्री वितरण तथा अङ्गदानको सङ्कल्प सहित लगभग २५ प्रकारका सेवामूलक कार्य गरिँदैछन्। २५ सेप्टेम्बरसम्म २० टोलीले कूल १३ हजार ७३३ किलोमिटर दूरी तय गरिसकेका थिए भने वाराणसीबाट वडनगर जाने टोलीले पाँच हजार ९६१ किलोमिटर यात्रा पूरा गरिसकेका थिए।

प्रधानमन्त्रीले सेवा सङ्कल्प यात्रालाई नदी जस्तै सबैलाई जोड्ने यात्रा भएको बताए। नदीले को कुन भाषा, परिवार वा आर्थिक वर्गको हो भनेर नछुट्याई सबैलाई नवजीवन दिने उल्लेख गर्दै उनले सेवा यात्राले पनि मानिसहरूसँग जोडिँदै जनकल्याणबाट जगकल्याणको भावनालाई अघि बढ़ाइरहेको बताए। उनले सेवा यात्रुहरूलाई आफ्नो सुरक्षामा ध्यान दिन, परिवारसँग सम्पर्क कायम राख्न तथा यात्राका क्रममा सकेसम्म धेरै मानिससँग जोड़िन आह्वान गरे।

/ बिशाल


 rajesh pande