बेकरीभित्र म्यानेजरको रक्ताम्य शव फेला पर्यो
बेकरीभित्र म्यानेजरको रक्ताम्य शव फेला पर्यो


जलपाइगढ़ी, २५ सेप्टेम्बर (हि.स.)। बेकरीभित्र शुक्रवार बिहान म्यानेजरको रक्ताम्य शव फेला परेपछि जलपाइगढ़ीको नयाबस्ती क्षेत्रमा खैलाबैला फैलिएको छ। मृतकको पहिचान हाफिजुर रहमानका रूपमा भएको छ। उनी हुगली जिल्लाको पुरशुडा थाना क्षेत्रका निवासी तथा उक्त बेकरीमा म्यानेजरको रूपमा कार्यरत थिए।

जानकारी अनुसार, बिहान बेकरीभित्र हाफिजुर रहमानको शव उनका कर्मचारीहरूले देखे। त्यसपछि कोतवाली थानाको पुलिसलाई खबर गरियो। सूचना पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर शव कब्जामा लिई पोस्टमार्टमका लागि पठाएको छ।

प्रारम्भिक अनुसन्धानमा कुनै भारी वस्तुले प्रहार गरी उनको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। पुलिसले प्रारम्भिक रूपमा लुटपाटको उद्देश्यले घटना भएको हुनसक्ने पनि आशंका गरेको छ।

पुलिसले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै हत्याको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान अघि बढ़ाएको छ।

/ बिशाल


 rajesh pande