एन्थोनी अल्बानिजीले भने- बाढीपछि पुनर्निर्माणमा अस्ट्रेलिया नेपाली जनतासँगै उभिनेछ
नेपाल और ऑस्ट्रेलिया के प्रधानमंत्री की मुलाकात


काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नेपालमा बाढीपछि पुनर्निर्माणका लागि आफ्नो देश नेपाली जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाको ‘साइडलाइन’ मा शुक्रबार न्यूयोर्कमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि अल्बानिजीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटवार्तापछि आफ्नो सामाजिक सञ्जालमा अल्बानिजीले नेपाल विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबाट उत्रिने प्रयास गरिरहेको उल्लेख गर्दै पुनर्निर्माण र शोकको यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएका छन्।

उनले आवश्यकताका क्षेत्रमा सहायता पुर्‍याउन नेपालसँग मिलेर निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।


 rajesh pande