
काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले प्राकृतिक विपद्लाई भूराजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
प्रधानमन्त्री शाहले नेपालमा प्राकृतिक विपद्का कारण १ हजार ४ सयभन्दा बढी मानिसको ज्यान गइसकेको बताए। उनले भने, “नेपालले यस विपद्लाई भूराजनीतिक आरोप-प्रत्यारोपको विषय बनाउने छैन। तर नेपाल जलवायुका विषयमा सबैले आफ्ना जिम्मेवारी पूरा गरून् भन्ने चाहन्छ।”
उनले हिमालय क्षेत्र तनावको क्षेत्र नभई सम्भावित क्षति रोक्नका लागि साझा प्रयोगशाला बन्नुपर्नेमा जोड दिए। शाहले हिमालय क्षेत्रमा भू-सूचना, उपग्रहसम्बन्धी जानकारी र विज्ञताको आदान-प्रदान गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।
हिन्दुस्थान समाचार / बिशाल