
नयाँ दिल्ली, २५ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रवार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा फिनल्यान्ड, भियतनाम, मेक्सिको, इस्टोनिया, युरोपेली सङ्घ र बेल्जियमका राजदूतहरूको परिचयपत्र स्वीकार गरिन्।
फिनल्यान्डका राजदूत मिक्को किविकोस्कीले सबैभन्दा पहिले राष्ट्रपति मुर्मु समक्ष आफ्नो परिचयपत्र प्रस्तुत गरे। त्यसपछि भियतनामका राजदूत त्रिन्ह मिन्ह मनह, मेक्सिकोका राजदूत पेड्रो ब्लान्को पेरेज र इस्टोनियाकी राजदूत क्रिस्टी कारेलसोहनले आ-आफ्नो परिचयपत्र बुझाए।
यस्तै, युरोपेली सङ्घका राजदूत जीन-एरिक पाको र बेल्जियमकी राजदूत सोफी कार्लशसेनले पनि राष्ट्रपति मुर्मु समक्ष आफ्नो परिचयपत्र प्रस्तुत गरे।
हिन्दुस्थान समाचार / भवानी थामी