
खड़गपुर, 25 सेप्टेम्बर (हि. स.)। पूजा-पर्व अवधि यात्रीहरूको बढ़्दो भीड़लाई केन्द्र गर्दै दक्षिण पूर्व रेलवेले दुई वटा पूजा स्पेशल ट्रेनहरूलाई परिचालन गर्ने निर्णय लिएको छ जसमा सान्तरागाछी-दिघा र शालीमार-खुरदा रोडबीच विशेष ट्रेन सामेल छन्। रेलवेले शुक्रवार दुवै ट्रेनको समय-सारणी जारी गऱ्यो।
रेलवे अनुसार गाड़ी सङ्ख्या- 02847 सान्तरागाछी-दिघा पूजा स्पेशल 13 अक्टोबरदेखि 13 नोभेम्बरसम्म प्रत्येक मङ्गलवार र शुक्रवार सञ्चालन हुनेछ। यो ट्रेन सान्तरागाछीबाट बिहान 9:10 बजे प्रस्थान भएर अपरान्ह 12:45 बजे दिघा पुग्नेछ भने फर्किँदा गाड़ी सङ्ख्या 02848 दिघा-सान्तरागाछी पूजा स्पेशल यसै अवधिमा मङ्गलवार र शुक्रवार अपरान्ह 01:10 बजे दिघाबाट प्रस्थान भएर साँझ 4:50 बजे सान्तरागाछी पुग्नेछ। बाटोमा उलुबेरिया, बागनान, मेचेदा, तमलुक र कान्थीमा टो ट्रेन रोकिनेछ।
यसरी नै गाड़ी सङ्ख्या- 08043 शालीमार-खुरदा रोड पूजा स्पेशल 12 अक्टोबरदेखि 9 नोभेम्बरसम्म प्रत्येक सोमवार चल्नेछ। यो ट्रेन साँझ 5:55 बजे शालीमारदेखि प्रस्थान भए भोलिपल्ट सवेरै 2:45 बजे खुरदा रोड पुग्नेछ भने फर्किंदा गाड़ी सङ्ख्या- 08044 खुरदा रोड-शालीमार पूजा स्पेशल 13 अक्टोबरदेखि 10 नोभेम्बरसम्म प्रत्येक मङ्गलवार सञ्चालन हुनेछ। यो ट्रेन बिहान 6:45 बजे खुरदा रोडबाट प्रस्थान भएर अपरान्ह 3 बजे शालीमार पुग्नेछ।
दक्षिण पूर्व रेलवेको यो ट्रेन सान्तरागाछी, खड़गपुर औ बालेश्वर स्टेशनमा रोकिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा