क्षेत्रीय प्रबन्धकले गरे आत्महत्या, सुसाइड नोट जफत
अपर पुलिस अधीक्षक ग्रामीण आतिश कुमार सिंह


जौनपुर, २५ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको जौनपुरमा बक्शा थाना क्षेत्र अन्तर्गत वाराणसी-जौनपुर राजमार्ग नजिक बिहिवार राति एक युवकले आफैंलाई गोली हानी आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।

घटनाका सम्बन्धमा अपर पुलिस अधीक्षक (ग्रामीण) आतिश कुमार सिंहले बताए, बक्शा थाना क्षेत्रमा एउटा गाड़ीभित्र एक व्यक्ति घाइते अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले कारको सिसा फुटाएर उनलाई बाहिर निकाली घाइते अवस्थामा नौपेड़वा सामुदायिक स्वास्थ्य केन्द्र पुर्या यो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

पुलिसले कारबाट एउटा सुसाइड नोट समेत जफत गरेको छ। मृतकको पहिचान किरन इन्क्लेभ, कुर्सी रोड, टेढी पुलिया, गुडम्बा थाना क्षेत्र निवासी अवधेश श्रीवास्तवका ३५ वर्षीय छोरा दुर्गेश श्रीवास्तवका रूपमा भएको छ। उनी क्षेत्रीय बैंक व्यवस्थापकका रूपमा कार्यरत थिए।

पुलिस अनुसार, दुर्गेश श्रीवास्तव आफ्नो कारमा बदलापुरबाट जौनपुरतर्फ जाँदै थिए। राति राजमार्ग नजिक उनले कारभित्रै आफैलाई गोली हानेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande