उदालगुरीमा पोस्टमास्टरसित लुटपाट
उदालगुरीमा पोस्टमास्टरसित लुटपाट


उदालगुरी (असम), २५ सेप्टेम्बर (हि.स.)। उदालगुरी जिल्लाको खैराबारी क्षेत्रमा हवाई फायरिङपछि पोस्टमास्टरसित लुटपाट गरिएको घटना सार्वजनिक भएको छ।

पुलिसले शुक्रवार दिएको जानकारी अनुसार, गत राति उदालगुरीको खैराबारी क्षेत्रमा हवाई फायरिङ गर्दै पोस्टमास्टरसित लुटपाट गरिएको हो। मोटरसाइकलमा आएका दुई जना हतियारधारी लुटेराले घटनालाई अन्जाम दिएका थिए। घटनापछि दुवै जना अँध्यारोको फाइदा उठाउँदै फरार भए।

आक्रमणका क्रममा पोस्टमास्टर केशव झा घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पतालमा भर्ती गरिएको छ। घटनाका सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरी लुटपाटमा संलग्न मोटरसाइकलमा सवार दुवै लुटेराको खोजी तीव्र बनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande