
नयाँ दिल्ली, २५ सेप्टेम्बर (हि.स.)। दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना (डीडीयू-जीकेवाई) २.० अन्तर्गत देशका २४ राज्य तथा केन्द्र शासित प्रदेशमा अक्टोबर २०२६ देखि लगभग ७० हजार ग्रामीण युवाका लागि सीपमूलक तालिम शुरु हुने भएको छ। यी राज्य तथा केन्द्र शासित प्रदेशमा दुई हजार १५ वटा तालिम समूह सञ्चालन गर्ने तयारी गरिएको छ। केन्द्र सरकारले निर्धारित समयसीमाभित्र तालिम समूह शुरु गर्न राज्य तथा केन्द्र शासित प्रदेशलाई लक्ष्य निर्धारणको प्रक्रिया तीव्र बनाउन आग्रह गरेको छ।
ग्रामीण विकास मन्त्रालय अनुसार, डीडीयू-जीकेवाई २.० को पोर्टल मार्फत २४ राज्य तथा केन्द्र शासित प्रदेशमा परियोजना कार्यान्वयन गर्ने निकायलाई एक हजार २०० भन्दा बढ़ी परियोजनाका लागि पाँच लाख ६० हजार तालिम लक्ष्य बाँड़फाँड़ गरिएको छ। अन्य राज्यमा पनि लक्ष्य बाँफाँड़को प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
डीडीयू-जीकेवाई गरीब ग्रामीण युवालाई रोजगारीसँग सम्बन्धित सीपमूलक तालिम उपलब्ध गराउने केन्द्र प्रायोजित योजना हो। यस अन्तर्गत तालिमको अवधि तीनदेखि १२ महिनासम्म हुने गर्दछ। साल २०२६-२८ को दुई वर्षे अवधिका लागि सबै ३१ साझेदार राज्य तथा केन्द्र शासित प्रदेशलाई नौ लाखभन्दा बढ़ी तालिम लक्ष्य बाँड़फाँड़ गरिएको छ।
योजना अन्तर्गत राज्य तथा केन्द्र शासित प्रदेशले ग्रामीण युवालाई परिचालन गरी मागअनुसार सार्वजनिक-निजी साझेदारी प्रारूपमा रोजगारीसँग सम्बन्धित सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेछ। तालिमका पाठ्यक्रम राष्ट्रिय सीप योग्यता प्रारूपअनुरूप हुनेछन्, जसले लाभार्थीलाई दीर्घकालीन रोजगारीका लागि तयार पार्ने लक्ष्य राखिएको छ।
मन्त्रालयले योजना कार्यान्वयनलाई तीव्रता दिने यो महत्त्वपूर्ण चरण भएको जनाएको छ। राज्य तथा केन्द्र शासित प्रदेशलाई परियोजना कार्यान्वयन गर्ने निकायलाई लक्ष्य बाँड़फाँड़ गरी निर्धारित समयसीमा अनुसार तालिम समूह शुरु गर्न निर्देश दिइएको छ। राज्य तथा केन्द्र शासित प्रदेशले ३१ अक्टोबर २०२६ सम्म परियोजना कार्यान्वयन गर्ने निकायलाई लक्ष्य बाँड़फाँड़ गरिसक्नुपर्नेछ।
तालिम समूह सञ्चालनको प्रक्रिया तीव्र बनाउन ग्रामीण विकास मन्त्रालयले राज्य तथा केन्द्र शासित प्रदेशसँग चरणबद्ध समीक्षा बैठक समेत गरिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी