श्रीरामपुरमा सभा हुन एक दिनअघि पूर्व विधायक असित मजुमदार थाना पुगे
श्रीरामपुरमा सभा हुन एक दिनअघि पूर्व विधायक असित मजुमदार थाना पुगे


हुगली, 25 सेप्टेम्बर (हि. स.)। तृणमूल कङ्ग्रेसको प्रस्तावित सभा हुन एक दिनपूर्व शुक्रवार हुगलीको श्रीरामपुर साङ्गठनिक जिल्लाध्यक्ष एवं चुँचुड़ाका पूर्व विधायक असित मजुमदार श्रीरामपुर थाना पुगे। उनी कालो कोट लगाएर हातमा कागज-पत्र बोकी थानामा पुगेका थिए।

असित मजुमदार अनुसार उनलाई बिहीवार राती एउटा ई-मेल प्राप्त भएको थियो जसमा सभालाई लिएर आठ वटा प्रश्नहरूको जवाफ मागिएको थियो। ती प्रश्नहरूको जवाफ दिनका लागि उनी थाना पुगेका थिेए। उनले भने, उनी पेशाले वकिल हुन् र यदि पुलिस वा आईसीको सभाको सम्बन्धमा कुनै कानूनी प्रश्न छ भने त्यसको जवाफ दिनकै लागि उनीकालो कोट लगाएर आएका हु्न्।

तथापि थानामा उनको श्रीरामपुर थाना प्रभारी (आईसी)-सित भेट हुनसकेन। त्यसपछि उनले सम्बन्धित कागज-पत्रहरू थानामा जमा गराए अनि लगभग दश मिनट बसेपछि त्यहाँबाट उनी फर्किए।

असित मजुमदारले यो पनि दाबी गरे, उच्च अदालतको निर्देश अुसार सभाको लागि दश जना स्वयंसेवकहरूको नाम र मोबाइल नम्बरको सूची पुलिसलाई दिइएको छ। यस सूचीमा सामेल दुई जना मानिसहरूलाई पक्राउ गरिएको छ। तर यस दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

स्मरण गराइन्छ, कलकत्ता उच्च अदालतले 26 सेप्टेम्बरमा श्रीरामपुर कोर्ट मैदानमा सभा गर्ने सशर्त अनुमति दिएको छ। अदालतको आदेश मुताविक सभा 4-देखि 6 बजेभित्रमा सम्पन्न भइसक्नुपर्छ र यसमा अधिकतम एक हजार जना मानिसहरू सामेल हुन सक्नेछन्। सभामा कुनै पनि प्रकारको भड़्काउपूूर्ण बयान तथी जीटी रोडसम्म जुलूस गर्ने अनुमति छैन। आयोगहरूलाई दश जना स्वयंसेवकहरूको नाम र मोबाइल नम्बर पनि पुलिसलाई दिने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande