यूपी अन्तरराष्ट्रिय व्यापार प्रदर्शनीको सुरक्षामा चार हजार पुलिसकर्मी तैनाथ
पुलिस कमिश्नर गौतम बुद्ध नगर


नोएडा, २५ सेप्टेम्बर (हि.स.)। शुक्रवारदेखि शुरु भएको पाँचदिने यूपी अन्तरराष्ट्रिय व्यापार प्रदर्शनीको सुरक्षा व्यवस्थाका लागि पुलिसले व्यापक तयारी गरेको छ। एक्स्पो मार्टमा आयोजित व्यापार प्रदर्शनीको सुरक्षाका लागि १२ वटा सेक्टर निर्धारण गरी लगभग चार हजार पुलिसकर्मी तैनाथ गरिएको छ।

गौतमबुद्ध नगरकी पुलिस आयुक्त लक्ष्मी सिंहले शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रत्येक सेक्टरमा पुलिस उपरीक्षक स्तरका अधिकारीलाई तैनाथ गरिएको बताइन्। यसका साथै प्रादेशिक सशस्त्र बलका बटालियनलाई पनि सुरक्षा व्यवस्थामा परिचालन गरिएको उनले जानकारी दिइन्।

उनी अनुसार, व्यापार प्रदर्शनीको सुरक्षाका लागि आतङ्कवाद निरोधक दस्ता, बम निरोधक टोली र तालिम प्राप्त कुकुर सहितको टोली पनि तैनाथ गरिएको छ। ड्रोन तथा सीसीटीभी क्यामेरा मार्फत सम्पूर्ण परिसर र वरपरका क्षेत्रमा निरन्तर निगरानी भइरहेको छ।

पुलिस आयुक्त सिंहले व्यापार प्रदर्शनीमा विदेशी पाहुनाहरूको आगमन पनि शुरु भइसकेको बताइन्। उनीहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ। एक्स्पो मार्ट आउने सर्वसाधारणलाई यातायातमा समस्या नहोस् भनेर आवश्यक स्थानमा सवारी आवागमनको मार्ग परिवर्तन समेत गरिएको उनले बताइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande