4 अक्टोबरमा अशोक सिङ्घलको 100औं जयन्ती गुवाहाटीमा मनाइने
4 अक्टोबरमा अशोक सिङ्घलको 100औं जयन्ती गुवाहाटीमा मनाइने


गुवाहाटी, 25 सेप्टेम्बर (हि.स.)। विश्व हिन्दू परिषद (विहिप) को उत्तर पूर्व प्रान्तको सौजन्यमा आगामी चार अक्टोबरको दिन गुवाहाटीको श्रीमन्त शङ्करदेव कलाक्षेत्रस्थित श्रीश्री दामोदरदेव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा हिन्दू समाजका एकजना महान पथ प्रदर्शक, जनप्रिय सङ्गठक अशोक सिङ्घलको 100औं जयन्ती मनाइनेछ।

यस आशयको जानकारी आज गुवाहाटी प्रेस क्लबमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्ने क्रममा विहिपका उत्तर पूर्व प्रान्त अध्यक्ष परमेश दत्त, गुवाहाटी महानगर अध्यक्ष चबिन राजखोवा एवं क्षेत्र विशेष सम्पर्क प्रमुख पल्लव परासरले दिएका हुन्।

राजखोले भने, अशोक सिङ्घलको जन्म 1926 सालमा भएको थियो। उनले सङ्घका विभिन्न दायित्वहरू पालन गर्दै वर्ष 1953-देखि 1980 सम्म कानपुर प्रान्तका प्रचारकको रूपमा दायित्व निर्वहन गरे भने वर्ष 1981- मा विहिपसित जोड़िएर सङ्गठनको कार्य विस्तार 60 देशहरूसम्म फैलाए। उनले बताए, जन्म शताब्दि समारोह विहिपको 48 वटा प्रान्तहरूमा मनाइनेछ। यसै श्रृङ्खलामा गुवाहाटीको कार्यक्रम पनि जोड़िएको छ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा उत्तर कमलाबाड़ी सत्रका सत्राधिकार जनार्दनदेव गोस्वामी, विशिष्ट अतिथिका रूपमा असम सरकारका मन्त्री अशोक सिङ्घल एवं मुख्य वक्ताका रूपमा विहिपका सहसङ्गठनिक सचिव विनायक राव देशपाण्डेय सामेल हुनेछन्।

पल्लव परासरले अशोक सिङ्घलका प्रमुख अवदानहरूमाथि प्रकाश पार्दै मुख्य रूपमा अयोध्यामा भगवान राम जन्मभूमिलाई लिएर सञ्चालित आन्दोलन र कार सेवामाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande