तम्बाकू लिएर घरबाट हिँड़ेका दुई आफन्त बेपत्ता, तलाउमा भेटियो शव
तम्बाकू लिएर घरबाट हिँड़ेका दुई आफन्त बेपत्ता, तलाउमा भेटियो शव


कुचबिहार, 25 सेप्टेम्बर (हि. स.)। जिल्लाको सिताईमा दुई जना आफन्तहरूको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनाले क्षेत्रमा व्यापक खैलाबैला मचाएको छ। मृतकहरूको पहिचान मनिरुल मियाँ र मोमिन मियाँको रूपमा भएको भने यी दुईको सम्बन्ध भेना-सालोको रहेको छ। प्रारम्भिक जाँचमा पुलिसले यो मामिला कुनै दुर्घटना हुनको सट्टा सुनिश्चित हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ।

प्राप्त जानकारी अनुसार यी दुई गए बिहीवार भुटभुटीमा तम्बाकू लादेर दिनहाटा तर्फ प्रस्थान भएका थिए। त्यसपछिदेखि यिनीहरूको बारेमा केही पत्तो लाग्न सकेको थिएन। शुक्रवार बिहान घरदेखि केही टाड़ामा अवस्थित एउटा जलकुम्भी र पानी मुनि दुवैको शव भेटियो। सूचना पाएर सिताई थानाको पुलिसले घटनास्थलमा पुगी दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। तम्बाकू लादिएको भुटभुटीसितै दुवैको शव भेटिएपछि हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गरिँदैछ।

पुलिसले मामिलाको जाँच गर्ने क्रममा एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। हत्याको पछाड़ि लुटपाट वा पुरानो शत्रुता सहित विभिन्न पक्षहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande