नेपाल र रुवान्डाबीच 'जनरल कोअपरेशन एग्रीमेन्ट' मा हस्ताक्षर
नेपाल और रवांडा के बीच समझौता


काठमाण्डौं, 26 सेप्टेम्बर (हि.स.)। नेपाल र रुवान्डाबीच 'जनरल कोअपरेशन एग्रीमेन्ट' मा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभाको 81औँ सत्रमा न्यूयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका विदेश मन्त्री शिशिर खनल र रुवान्डाका विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोग मन्त्री ओलिभियर जिन प्याट्रिक नुहुङ्गिरेहेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले नेपाल र रुवान्डा बीचको द्विपक्षीय सम्बन्धलाई अझ् सुदृढ़ पार्न र आपसी हितका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने आधारशिला राख्ने अपेक्षा गरिएको छ। नेपाल र रुवान्डाले साल 2018 मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेका थिए। यी दुई देशले संयुक्त राष्ट्रसङ्घ सहित विभिन्न बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्।

सम्झौतामा हस्ताक्षरले नेपाल-रुवान्डा सम्बन्धलाई थप संस्थागत बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरूको पहिचान र विस्तार गर्ने अवसर पनि सिर्जना गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande