नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर
नेपाल और सर्बिया के विदेश मंत्रियों के द्वारा समझौते पर हस्ताक्षर


काठमाडौँ, २६ सेप्टेम्बर (हि.स.)। नेपाल र सर्बियाले आफ्ना परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

संयुक्त राष्ट्र महासभाको ८१औँ अधिवेशनका क्रममा न्यूयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्रमन्त्री मार्को ज्युरिचले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रमा हस्ताक्षरका अवसरमा दुवै मन्त्रीले यस महत्वपूर्ण सम्झौताको सम्पन्नताप्रति खुशी व्यक्त गरे। उनीहरूले नेपाल र सर्बियाबीच रहेका घनिष्ठ तथा सहयोगात्मक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल गरेका थिए।

बैठकमा जलवायु कार्य (क्लाइमेट एक्शन) का क्षेत्रमा सशक्त विश्वव्यापी एकता र सहकार्यको महत्वबारे पनि विचार-विमर्श गरिएको थियो। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न नियमित परामर्श र संवाद आवश्यक रहेकोमा जोड दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande