हतियार सहित  आरोपी पक्राउ
हतियार सहित  आरोपी पक्राउ


सिलगढ़ी, 27 सेप्टेम्बर (हि.स.)। खोरीबारी थानाको पुलिसले आग्नेयास्त्र र एक राउण्ड कारतुससितै एकजना अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्तको पहिचान खुर्सिद आलमका रूपमा भएको छ जो बङ्गाल-बिहार सीमामा अवस्थित चकरमारी क्षेत्रका बासिन्दा हो।

पुलिस अनुसार गए शनिवार राती बिहारदेखि मोटरसाइकल मार्फत खोरीबारी फर्कँदै गर्दा अभियुक्तलाई रोकेर जाँच गरियो। जाँच अवधि उसको कब्जाबाट एउटा बन्दुक र एक राउण्ड कारतूस जफत गरियो। पछि पुलिसले आर्म्स एक्ट अन्तर्गत आरोपीलाई पक्राउ गऱ्यो। आरोपीलाई आइतवार सिलगढ़ी अदालतमा पेश गरेर रिमाण्डको माग गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande