राहुल गान्धीले निर्वाचन आयोग विवादमा देशसँग  माफी माग्नुपर्छः मुख्यमन्त्री
नई दिल्ली में पत्रकारों से बातचीत करते हुए असम के मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा।


गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले आइतवार भने, चुनाउ आयोगका तीन जना सदस्यहरूले हालेको विवादलाई लिएऱ स्पष्टिकरण दिएपछि कङ्ग्रेस नेता राहुल गान्धीले देशका जनतासँग माफी माग्नुपर्छ।

दिल्लीमा मि़डियासित बातचित गर्दै डा. हिमन्त विश्व शर्माले दाबी गरे, ज्ञानेश कुमार मुख्य निर्वाचन आयुक्त बन्नअघि पनि राहुल गान्धीको नेतृत्वमा काङ्ग्रेसले 90 वटा चुनाउहरू हारिसकेको थियो। चुनाउ आयोगलाई लिएर भइरहेको विवादमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भारतको लोकतन्त्रलाई बलियो बनाउने संस्थाहरूलाई विपक्षीले कमजोर पार्ने प्रयास गरिरहेको बताए।

चुनाउ आयोगले विशेष गहन समीक्षा (एसआइआर) सहित विभिन्न मामिलाहरूमा तीन जना चुनाउ आयुक्तहरूबीच कथित रूपमा मतभेद भएको रिपोर्टलाई स्पष्ट पार्दै भनेको छ, विचार-विमर्शका क्रममा सदस्यहरूले फरक-फरक धारणा राख्नु संस्थागत प्रक्रियाको अङ्ग हो। आयोगका अनुसार एसआईआरसँग सम्बन्धित निर्णय तीन जना आयुक्तहरूको सर्वसम्मतिले लिइएको हो।

मुख्यमन्त्रीले उपरोक्त टिप्पणी चुनाउ आयोगको कार्यप्रणालीलाई लिएर सत्ताधारी दल र विपक्षमाझ भइरहेको राजनीतिक विवादको स्थितिमा गरेका छन्।

रिपोर्टमा दाबी गरिएको छ, चुनाउ आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले एसआईआरसँग सम्बन्धित केही मुद्दाहरूमा आपत्ति जनाएका थिए। यद्यपि चुनाउ आयोगले भनेको छ, त्यस्ता टिप्पणीहरूलाई औपचारिक असहमतिको रूपमा लिन सकिँदैन र अन्तिम निर्णय सर्वसम्मतिले गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande