मुख्यमन्त्रीले भुपेन हजारिकाको जन्म शताब्दी समारोहको भव्य समापनको तयारीको गरे समीक्षा
Assam CM Reviewing Preparations for Bhupen Hazarika Centenary Finale in Delhi.


गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले आइतवार नयाँ दिल्लीस्थित भारत मण्डपमको दौड़ाह गरी भारत रत्न डा. भुपेन हजारिकाको जन्म शताब्दी समारोहको भव्य समापन समारोहको तयारीको जायजा लिए।

जन्म शताब्दी समारोहको भव्य समापन आगामी 29 नोभेम्बरमा भारत मण्डपममा आयोजना हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रममा भाग लिने सम्भावना छ।

भ्रमणका क्रममा मुख्यमन्त्रीले आयोजनस्थलमा रहेका विभिन्न सभागृहहरूको निरीक्षण गरी व्यवस्थाहरूको समीक्षा गरे। वरिष्ठ अधिकारीहरूले उनलाई कार्यक्रमको तयारी र कार्यक्रमसँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी दिए।

समारोहको एक भागको रूपमा डा. भुपेन हजारिकाको जीवन, कार्य र समय चित्रण गर्ने एक प्रदर्शनी पनि आयोजना गरिनेछ। प्रदर्शनीमा उनको कलात्मक यात्रा, भारतीय सङ्गीत र संस्कृतिमा योगदान अनि उनको स्थायी विरासतको प्रदर्शन हुनेछ।

मुख्यमन्त्री सरमाले भारत मण्डपमको दौड़ाहपछि सोशल मिडिया पोस्टमा भने, हामी एउटा यस्अतो विस्मरणीय श्रद्धांजली तयार गरिरहेका छौं जुन सुधाकण्ठको विरासत अनुरूप हुनेछ।

जन्म शताब्दी समारोहको उद्देश्य भारत रत्न डा. भुपेन हजारिकाको असाधारण जीवन र योगदानलाई स्मरण गर्नु हो। उनका साङ्गीतिक रचनाहरूले भाषिक र भौगोलिक सीमाहरू पार गरेर उनलाई भारतको प्रमुख सांस्कृतिक व्यक्तित्वहरूमध्ये एकको रूपमा स्थापित गरे। उनका गीत अनि रचनाहरूमा मानवता, सामाजिक सद्भाव, भाइचारा एवं राष्ट्रिय एकता जस्ता विषय मुख्य रूपमा झल्किन्थ्यो।

राष्ट्रिय राजधानीमा हुने भव्य समापन समारोहमा देशभरिका प्रख्यात व्यक्तित्व, कलाकार, सांस्कृतिक व्यक्तित्व र डा हजारिकाका प्रशंसकहरू सहभागी हुनेछन्। कार्यक्रमको माध्यमबाट असमको समृद्ध सांस्कृतिक सम्पदा र भारतीय सांस्कृतिक परिदृश्यमा डा. हजारिकाको योगदानलाई पनि प्रदर्शन गरिनेछ।

निरीक्षणका क्रममा अतिरिक्त मुख्य सचिव बी कल्याण चक्रवर्ती, सूचना तथा जनसम्पर्क विभागका आयुक्त तथा सचिव पद्मपाणि बोरा, असम भवनकी आवासीय आयुक्त कविता पद्मनाभन, विधायक तरङ्गा गोगोई र सूचना तथा जनसम्पर्क निर्देशक मानबेन्द्र देव रायसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande