असमः  पर्यटन वर्ष  2025-26 मा 35,371 पर्यटकहरू पोबितोरामा आए
असम के मंत्री जयंत मल्लाबरुवा। फाइल फोटो


गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। 'विश्व पर्यटन दिवस (27 सेप्टेम्बर )' को अवसरमा असमका मन्त्री जयन्त मल्लबरुवाले बताए, असमको पोबितोरा वन्यजन्तु अभयारण्यमा पर्यटन वर्ष 2025-26 मा 35, 371 पर्यटकहरू आए।

सोशल मिडिया प्लेटफर्म 'एक्स' मा पोस्ट गर्दै मल्लाबरुवाले भने, यो अभयारण्य प्रकृति-पर्यटनका लागि एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा उदाइरहेको छ। साथै उनले पर्वयटनलाई संरक्षण गर्ने अनि जङ्गल छेउछाउमा बसोबास गर्ने समुदायका लागि जीविकाको अवसरसँग जोड्ने आवश्यकतामाथि जोड दिए।

उनले भने, पोबितोरा प्रकृति-पर्यटनको लागि एक प्रमुख गन्तव्यको रूपमा द्रुत गतिमा उदाइरहेको छ, यहाँ वर्ष 2025-26 मा 35 हजार 3 सय 71 पर्यटकहरू आए। मन्त्रीले भने, वन क्षेत्रमा वरपर बसोबास गर्ने समुदायलाई संरक्षण कार्यमा संलग्न गराउन र मार्गनिर्देशन तथा व्याख्याको क्षेत्रमा अवसर सिर्जना गर्न सरकारले ध्यान केन्द्रित गरिरहेको छ।

उनले भने, यस्तो पर्यटन अनुभव विकसित गरिँदैछ जसमा पर्यटकहरूले जङ्गली जनावरहरूलाई हेर्न बाहेक यहाँको ल्याण्डस्केप अनि पारिस्थितिकीलाई पनि बुझ्न सकुन्। मल्लबरूवाले भने, हाम्रो उद्देश्य स्पष्ट छ-पर्यटनबाट संरक्षणलाई बलियो बनाउनुपर्छ र संरक्षणबाट हाम्रा जनताको लागि अवसर सिर्जना हुनुपर्गछ।

असमको मोरी गाउँ जिल्लामा अवस्थित पोबितोरा, एक सिङ्गै गैँडाको जनसङ्ख्याको लागि परिचित छ र यो राज्यको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande