
बिकानेर, 27 सेप्टेम्बर (हि.स.)। कानुन तथा न्याय राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालले आफ्नो युक्त अरब इमिरेट्सको दुई दिने भ्रमणका क्रममा अबु धाबीमा आयोजित अपराध रोकथाम तथा आपराधिक न्याय सम्बन्धी संयुक्त राष्ट्रको 15औँ उच्चस्तरीय बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। संयुक्त राष्ट्र लागू औषध तथा अपराध कार्यालय (यूएनओडिसी) द्वारा आयोजित यो बैठक गए 26 सेप्टेम्बरदेखि शुरु भएर आगामी 1 अक्टोबरसम्म चल्नेछ।
उच्चस्तरीय बैठकमा मेघवालले दिगो विकासका लागि शान्तिपूर्ण एवं समावेशी समाज सुनिश्चित गर्न अपराध निवारण, आपराधिक न्याय तथा विधिको शासनलाई गति दिने विषयमा भारतको पक्षबाट वक्तव्य प्रस्तुत गर्नेछन्
भारतीय प्रतिनिधिमण्डलको सहभागिताको उद्देश्य डिजिटल युग अनुरूप आपराधिक न्याय प्रणालीलाई आधुनिकीकरण गर्न भारतले चालेका पहलहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु हो। यस अवधि भारतमा लागू भएको नयाँ आपराधिक न्याय प्रणाली, अर्थात् भारतीय दण्ड संहिता (बीएनएस), भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) अनि भारतीय प्रमाण अधिनियम (बीएसए) तथा तिनीहरूको कार्यान्वयनसँग सम्बन्धित प्रमुख पक्षहरू पनि प्रस्तुत गरिनेछ।
यस बैठकमा साइबर अपराध, आतङ्कवाद, लागू औषध तस्करी र अन्य वातावरणीय अपराधहरूको सामना गर्न अझ कुशल अन्तर्राष्ट्रिय नीति निर्माण र प्रभावकारी कार्यान्वयनमाथि भारतको पक्ष पनि राखिनेछ।
मेघवालको भ्रमण अवधि भारत र संयुक्त अरब इमिरेट्स (युएइ) माझ द्विपक्षीय बैठक पनि प्रस्तावित छ जसमा दुई देशबीचको सहयोगसित सम्बन्धित विभिन्न पक्षमाथि छलफल गरिनेछ।
/ बिशाल