
तमलुक, 27 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लामा गए शनिवार साँझ हल्दी नदीमा 15 यात्रीहरूलाई लिएर गइरहेको एउटा नौका पल्टियो। नौकामा तीन वटा मोटरसाइकलर एउटा ब्याट्री चालित साइकल पनि थियो। सबै यात्रीहरू पौड़ेर सुरक्षिक किनारमा पुगे।
प्राप्त जानकारी अनुसार साँझ लगभग साढ़े सात बजे महिषादलको तेरपेख्या घाटदेखि नौका 15 जना यीत्रीहरूलाई लिएर नन्दीग्राम तर्फ प्रस्थान भएको थियो। नौकामातीन वटा मोटरसाइकल र एउटा ब्याट्री चालित साइकल पनि थियो। नौका प्रस्थान भएपछि अचानक ज्वार आएर नदीको धार तीव्र भयो जसले गर्दा नौका बीच नदीमै पल्टियो।
नौकामा सवार यात्रीहरूले पौड़ेर नदीको किनारमा पुगेर आफ्नो ज्यान बचाए। तथापि नौकामा राखिएको मोटरसाइकल र साइकलको बारेमा पत्तो लागेको छैन।
हल्दियाका अनुमण्डल पुलिस अधिकारी आलोक कुमारले बताए, नौकामा सवार सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकालियो। नौका अनि त्यसमा रहेको मोटरसाइकल र साइकललाई खोजिरहेको छ। सबै यात्रीहरू सुरक्षित अनि स्वस्थ छन्।
महिषादलका विधायक सुभाषचन्द्र पाञ्जाले भने, घाटमा निगरानी व्यवस्थालाई ध्यान दिन आवश्यक छ। भविष्यमा यस्तो घटनाको पुनरावृत्तिलाई रोक्नको लागि व्यवस्था गरिनेछ। नौकामा क्षमताभन्दा अधिक यात्रीहरूलाई सवार नगराउने सम्बन्धमा पनि ध्यान दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा