
गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले सोमलारदेखि नगाउँ लोकसभा उपचुनाउका लागि चुनाउ प्रचार अभियान शुरू गर्नेछन्। यस आशयको जानकारी भाजपाका उम्मेद्वार देवशिष शर्माले आइतवार दिए।
देवशिष शर्माले बताए, मुख्यमन्त्रीले विधानसभा निर्वाचन क्षेत्रका विभिन्न क्षेत्रहरूमा प्रचार गर्नेछन्। आगामी 2 अक्टोबरको दिन मुख्यमन्त्रीले धिंङ्गको बेजामरीमा चुनाउ प्रचार अभियानमा भाग लिनेछन्।
मुख्यमन्त्रीको आगमनलाई लिएर बेजामारीका जनता उत्साहित रहेको र उनको प्रतिक्षामा रहेको भाजपाका उम्मेद्वारले बताए। उनले भने, बिजामारी जस्ता क्षेत्रमा जहाँ अहिलेसम्म कुनै पनि मन्त्रीले पाइला टेकेका छैनन्, त्यहाँ मुख्यमन्त्रीको आगमन हुनु स्थानीय जनताका लागि ठुलो कुरा हो।
उनले अझ भने, मुख्यमन्त्री धिङ्गको बेजामरीमा आउनु, हाम्रो लागि योभन्दा राम्रोसमाचार के हुन सक्छ।
काङ्ग्रेस सांसद प्रद्युत बोरदोलोईले पदबाट राजीनामा दिएपछि नगाउँ लोकसभा सिट खाली भएको थियो। यस सिटमा आगामी अक्टोबर 6- मा उपचुनाव हुनेछ र अक्टोबर 9 मा मतगणना हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा