दलित–आदिवासी सम्मान बैठक बोलाउने कांग्रेसको घोषणा
कांग्रेस मुख्यालय में दलित-आदिवासी सम्मान बैठक की घोषणा को लेकर पत्रकार वार्ता करते पार्टी नेता।


नयाँ दिल्ली, २७ सेप्टेम्बर (हि.स.)। कांग्रेसले २९ सेप्टेम्बरमा नयाँ दिल्लीमा दलित–आदिवासी सम्मान बैठक आयोजना गर्ने घोषणा गरेको छ। बैठकमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेको उत्तराखण्डको हल्द्वानी भ्रमणपछि भएको कथित शुद्धीकरण घटनाका साथै अनुसूचित जाति तथा जनजाति समुदाय विरुद्ध भइरहेका अत्याचार र यस्ता घटना रोक्न अपनाउनुपर्ने आगामी रणनीतिबारे छलफल गरिनेछ।

बैठकमा लोकसभा तथा राज्यसभाका कांग्रेस सांसद, पूर्वसांसद, कांग्रेस शासित राज्यका मन्त्री, विधायक तथा अखिल भारतीय कांग्रेस कमिटीका प्रतिनिधिहरू सहभागी हुनेछन्।

कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा तेलङ्गानाको नागरकुर्नुलका सांसद डा. मल्लु रविले २९ सेप्टेम्बर दिउँसो २ः३० बजी संविधान क्लबको मावलंकर हलमा बैठक आयोजना गरिने जानकारी दिए। उनी अनुसार, बैठकको मुख्य उद्देश्य हल्द्वानीमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेको सभापछि भएको कथित शुद्धीकरण घटनाबारे छलफल गर्नु हो। उनले उक्त घटना खरगेको मात्र नभई सम्पूर्ण अनुसूचित जाति तथा अनुसूचित जनजाति समुदायको अपमान भएको दाबी गरे।

आदिवासी कांग्रेसका अध्यक्ष विक्रान्त भूरियाले प्रस्तावित बैठकमा दलित तथा आदिवासी समुदायका सांसद, विधायक, पूर्वविधायक तथा विधान परिषद्का सदस्य सहभागी हुने बताए। बैठकमा साझा कार्यसूची तयार पारिने र प्रत्येक राज्यमा संयुक्त कार्यमञ्च मार्फत दलित तथा आदिवासी समुदाय विरुद्ध हुने अन्याय तथा अत्याचारका घटना विरुद्ध संघर्ष गर्ने योजना रहेको उनले बताए। उनले यो केवल बैठक नभई देशको कुनै पनि भागमा हुने अत्याचार विरुद्ध आवाज उठाउने कार्यमञ्चका रूपमा अघि बढ़ाइने बताए।

बिहारको सासाराम लोकसभा क्षेत्रका सांसद मनोजकुमारले केन्द्र सरकारका नीतिका क्रममा दलित तथा आदिवासी समुदाय विरुद्ध हुने अत्याचारका घटना बढ़ेको आरोप लगाए।

उत्तर प्रदेशको बाराबंकीका सांसद तनुज पुनियाले बाबा साहेब डा. भीमराव आंबेडकरले संविधान मार्फत वञ्चित वर्गलाई राजनीतिक समानताको अधिकार दिलाएको भए पनि सामाजिक तथा आर्थिक समानताको संघर्ष अझै जारी रहेको बताए।

हरियाणाका राज्यसभा सांसद कर्मवीर बौद्धले यो लड़ाइँ कुनै राजनीतिक दलको नभई दलित तथा आदिवासी समुदायको सम्मान, अधिकार र न्यायका लागि भएको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande