राजगञ्जमा दिवा-रात्रि  एमएलए फुटबल कप 2026 आयोजित
राजगंज पंचायत समिति की अध्यक्ष मोनिका अधिकारी फुटबॉल को किक मारकर खेल की शुभारंभ करतु हुई


जलपाईगुडी, 27 सेप्टेम्बर (हि.स.)। जिल्लाको राजगञ्ज ब्लकको अम्बाडीस्थित चिन्तामोहन हाई स्कुल मैदानमा आइतवार एक दिवसीय दिवा-रात्रि 'एमएलए फुटबल कप 2026' प्रतियोगिता शुरू भयो।

राजगञ्जका विधायक दिनेश सरकारको पहलमा आयोजित यस प्रतियोगिताको आनन्द लिन आउने फुटबल प्रेमीहरूको मैदानमा ठुलो भीड़ देखियो। प्रतियोगिताको औपचारिक उद्घाटन राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष मोनिका अधिकारी र उपाध्यक्ष निताई मण्डलले फुटबललाई लात हानेर गरेका थिए।

सो अवसरमा राजगञ्जका बीडीओ शुभङ्कर दास, भोरेर आलो पुलिस स्टेशनका प्रभारी सुदीप दत्त, अम्बाडी रेञ्जका रेञ्जर पुकुर तामाङ लगायत पञ्चायत प्रतिनिधि र अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

आयोजकहरू अनुसार प्रतियोगितामा मोठ 16 वटा टोलीले भाग लिइरहेका छन्। विजेता र उपविजेता टोलीलाई ट्रफी सहित नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका मुख्य आयोजक विधायक दिनेश सरकार अहिले कोलकातामा एउटा कार्यक्रममा व्यस्त भएकाले उद्घाटन समारोहमा सहभागी हुन सकेनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande