
दुर्गापुर, 27 सेप्टेम्बर (हि.स.)। दुर्गापुरको बाँकुरा मोड नजिकैको फ्लाइओभरमुनि रहेको रेलवेको गुड साइटबाट आइतबार बिहान अज्ञात व्यक्तिको सड़िसकेको शव फेला परेपछि यस क्षेत्रमा सनसनी फैलियो। सूचना पाएर कोकओभन थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जा गरी पोस्टमार्टम गर्नको लागि दुर्गापुर डिभीजनल अस्पतालमा पठाइदियो।
शवको अवस्था निकै खराब भएकाले अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। उनको उमेर लगभग 45 वर्ष रहेको बताइएको छ। मृत्यु कहिले र कुन परिस्थितिमा भयो भन्ने थाहा छैन।
रेलवेको गुड साइट नजिकै रहेको घरभित्रबाट शवलाई घिसार्दै बाहिर निकालिएको हुनसक्ने स्थानीयको दाबी छ। स्थानीयहरूले भने, शव फेला परेको ठाउँबाट घरतिर घिसारिएको निशान भुइँमा देखिएको छ। यसबाट मामिलाको रहस्य अझ गहिरिएको छ।
स्थानीय बासिन्दा शम्भू दासले दाबी गरे, निशान देख्दा यस्तो प्रतीत हुन्छ कि शवलाई क्षेत्रकै कुनै घरभित्रबाट घिसार्दै बाहिर ल्याइएको हो। तर शव कसको हो र उसको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।खाली ट्रकहरू प्रायः रेलवेको गुड साइटमा पार्क गरिन्छ। आइतवार पनि त्यहाँ धेरै वटा ट्रकहरू थिए।
कोकओभन थानाको पुलिसले बतायो, अज्ञात व्यक्तिको मृत्युको कारण र शव रेलवे गुड साइटमा पुगेको परिस्थितिको अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा