राज्यपालले धुबड़ीमा नशा मुक्त भारत सङ्कल्प पदयात्राको नेतृत्व गरे
Governor  Laxman Prasad Acharya Leading Nasha Mukt Bharat Padayatra In Dhubri.


धुबड़ी (असम), 27 सेप्टेम्बर (हि.स.) असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आइतबार धुबड़ीमा नशा मुक्त भारत सङ्कल्प पदयात्राको नेतृत्व गरे। यस पदयात्मारा ठूलो सङ्ख्यामा विद्यार्थी, एनसीसी र एनएसएस क्याडेटहरू, सामाजिक सङ्गठनहरू, पूर्व सैनिकहरू, नागरिक समाजका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र आम नागरिकहरूले भाग लिएका थिए।

यस अवसरमा बोल्दै राज्यपालले भने, लागू औषधविरुद्ध लडाइँ अलग-अलग कार्यक्रमहरूमा मात्र सीमित रहनु हुँदैन, यसलाई परिवार, शैक्षिक संस्था, सामुदायिक सङ्गठन र सर्वसाधारणको सहभागितामा दिगो सामाजिक आन्दोलन बनाउनुपर्छ।

युवाहरूको भूमिकामाथि जोड दिँदै आचार्यले भने, उनीहरूको ऊर्जा, रचनात्मकता र क्षमता देशको सबैभन्दा ठूलो शक्तिहरूमा सामेल छ। । उनले युवाहरूलाई आफ्ना सकारात्मक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न र खेलकुद, योग, ध्यान, अध्ययन, ज्ञान र रचनात्मक गतिविधिहरूलाई जीवनको अङ्ग बनाउन आह्वान गरे।

राज्यपालले भने, विकसित भारत र विकसित असमको लक्ष्य आर्थिक प्रगतिबाट मात्र प्राप्त गर्न सकिँदैन। यसका लागि स्वस्थ, आत्मविश्वासी, अनुशासित र सशक्त युवा पुस्ताको पनि आवश्यकता पर्छ।

उनले भेला भएका मानिसहरूलाई 'लागू औषधलाई हुँदैन, जीवनलाई हुन्छ ' भन्ने संकल्प लिने आह्वान गर्दै अभिभावक, शिक्षक, स्वैच्छिक तथा सामाजिक सङ्गठन र नागरिकहरूलाई मिलेर काम गर्न अपील गरे। उनले शैक्षिक संस्था र समुदायहरूमा सचेतना कार्यक्रमहरूको विस्तार गर्न र युवाहरूका लागि खेलकुद, कौशल विकास र सांस्कृतिक गतिविधिका अवसरहरू बढाउनेमाथि पनि जोड दिए।

जिल्ला आयुक्त दिबाकर नाथले प्रतिभागीहरूलाई नशा मुक्त भारतको सङ्कल्प दिलाए। त्यसपछि राज्यपालले धुबड़ी जिल्ला पुस्तकालयबाट पदयात्राको झण्डा फहराए र सयौं सहभागीहरूसँगै डीसी कार्यालयसम्म पुगे। त्यहाँ पुगेर उनले महात्मा गान्धीलाई पुष्पांञ्जली अर्पण गरे।

कार्यक्रममा सामाजिक न्याय तथा अधिकारिता मन्त्री अश्विनी राय सरकार, विधायक जिबेश राय, जिल्ला आयुक्त दिबाकर नाथ, एसएसपी देबाशिष बोरा, धुबड़ी नगरपालिका बोर्डका अध्यक्ष देबोमोय सान्याल, धुबड़ी-गौरीपुर विकास प्राधिकरणका अध्यक्ष दीपक साहा, वरिष्ठ सरकारी अधिकारी, विभिन्न सामाजिक सङ्गठनका प्रतिनिधि तथा अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande