मणिपुरको सेनापतिमा गोलीबारी, मृतकको संख्या तीन पुग्यो
मणिपुर


इम्फाल, २७ सेप्टेम्बर (हि.स.)। मणिपुरको सेनापति जिल्लामा शनिवार संदिग्ध उग्रवादीले गरेको गोलीबारीमा मृत्यु हुनेको संख्या बढ़ेर तीन पुगेको छ। घटनामा घाइते दुई नागरिकमध्ये एक जनाको आइतवार बिहान मृत्यु भएको हो।

अधिकारीहरू अनुसार, मृतकको पहिचान ४९ वर्षीय आशिहो सानीका रूपमा भएको छ। उनले आइतवार बिहान लगभग ३ बजी एक निजी अस्पतालमा अन्तिम सास लिए। त्यसपछि उनको शव परीक्षणका लागि सेनापति जिल्ला अस्पताल लगिएको छ।

उल्लेखनीय छ कि शनिवार दिउँसो सेनापति क्षेत्रको कालेनजाङ गाउँमा भएको गोलीबारीमा दुई नागा नागरिकको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको पहिचान चाओवैनामाई गाउँका रकी र लाई शिराफी गाउँका कुमारका रूपमा भएको छ। घटनामा घाइते ३३ वर्षीय अदानी मैनियोको अस्पतालमा उपचार भइरहेको छ।

घटनाको सूचना पाएलगत्तै पुलिस तथा सुरक्षाकर्मीको टोली घटनास्थलमा पुग्यो। घटनाबारे अनुसन्धान शुरु गरिएको छ। केही प्रतिवेदनमा सशस्त्र कुकी समूहको कथित संलग्नता रहेको उल्लेख गरिएको छ, यद्यपि उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यो घटना युनाइटेड नागा काउन्सिलले राज्यका राष्ट्रिय राजमार्गमा चार महिनादेखि जारी आर्थिक नाकाबन्दी स्थगित गर्ने घोषणा गर्नुभन्दा केही घण्टाअघि भएको थियो।

अर्को घटनामा, यस घटनाभन्दा दुई दिनअघि कामजोङ जिल्लाको पिलोंग गाउँमा भारत–म्यानमार सीमा स्थित क्षेत्रमा भएको कथित आक्रमणमा चार ताङखुल नगा नागरिकको मृत्यु भएको थियो। सेप्टेम्बर महिनामा मणिपुरका तामेंगलोंग, काङपोकपी, नोनी र कामजोङ जिल्लामा भएका छुट्टाछुट्टै गोलीबारीका घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको सूचना छ।

मणिपुरका पूर्वमुख्यमन्त्री एन. बीरेन सिंहले हत्याको निन्दा गर्दै दोषी विरुद्ध कारबाही गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यस वर्ष राज्यमा ६० भन्दा बढ़ी मानिसको ज्यान गइसकेको दाबी गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande