
नगाउँ (असम), 27 सेप्टेम्बर (हि.स.)। असमका मन्नत्गारी पीयूष हजारिकाले नगाउँ लोकसभा उपचुनाउमा भाजपाको जीत निश्चित रहेको दाबी गर्दै काङ्ग्रेसले दोस्रो वा तेस्रो स्थान ओगट्ने बताए। उनले काङ्ग्रेसले झुटो वाचा र कुरा गरेर जनतासित भोट मागेको आरोप समेत लगाए।
हजारिकाले भने, काङ्ग्रेसले बारम्बार झुटो बोलेर जनतासित भोट माग्दै आएको छ भने भाजपाले यस्तो राजनीति गर्दैन। उनले विश्वास व्यक्त गरे, उपचुनाउमा भाजपा उम्मेद्वारको जीत हुनेछ अनि काङ्ग्रेस दोस्रो वा तेस्रो स्थानमा आउनेछ।
यसैबीच भाजपाको एक सभामा व्यापक रूपमा सहभागी भएका अल्पसङ्ख्यक समुदायका महिलाहरूले पनि सरकारको बारेमा आफ्नो कुरा राखे। केही महिलाहरूले भने, पहिला महिलाहरू घरबाट बाहिर निस्कन डराउँथे, तर भाजपा सरकार आएपछि उनीहरू ठूलो साहस लिएर घरबाट बाहिर निस्कन सक्षम भएका छन्।
सभामा एकजना महिलाले भनिन्, यदि यसपालि मियाँ मुस्लिमहरूले भाजपालाई भोट दियो भने मियाँ समुदाय भविष्यमा सुरक्षित रहनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा