प्रधानमन्त्रीले 'मन की बात'- मा असमको हात्ती-मानव द्वन्द्व र पिग्मी हग संरक्षणको उल्लेख गरेः भाजपा
मन की बात (फाइल फोटो)।


गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार 'मन की बात' कार्यक्रमको 138औँ संस्करणमा असममा मानव-हात्ती द्वन्द्व र दुर्लभ पिग्मी हगको संरक्षण गर्ने प्रयासको उल्लेख गरे। कार्यक्रममा सर्जिकल स्ट्राइक, आतङ्कवादविरुद्ध शून्य सहिष्णुता नीति, सोमनाथ मन्दिरको पुनर्निर्माण, स्वच्छता, जनगणना-2026 र नशामुक्ति अभियान लगायतका विभिन्न विषयमा चर्चा भयो।

असम भाजपाका मिडिया प्यानलिस्ट अमल नारायण पाटवारीले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीले असमको सोनाई-रुपाई वन्यजन्तु अभयारण्यको उल्लेख गर्दै भने, यो क्षेत्र कुनै समयमा हात्तीको प्रमुख बासस्थान थियो। वन क्षेत्रमा मानव अतिक्रमणका कारण हात्तीहरू टाढा गएका थिए, तर अतिक्रमण हटाएपछि तिनीहरू फर्केका छन्।

प्रधानमन्त्री मोदीले विश्वको दुर्लभ प्राणीमध्ये एक पिग्मी हगको संरक्षणका लागि असमले चालेका कदमहरूको पनि उल्लेख गरे। बयान अनुसार उनले भने, कुनै समय विलुप्त हुने खतराको सामना गरिरहेको यस जीवको सङ्ख्या संरक्षण प्रयासपछि बढेर अहिले 190 भन्दा माथि पुगेको छ।

प्रधान मन्त्रीले विश्व हिन्दू परिषद्का पूर्व कार्यकारी अध्यक्ष अशोक सिङ्घललाई पनि श्रद्धापूर्वक स्मरण गरे। सन् 1924- मा जन्मेका सिङ्घलको राम मन्दिर निर्माण आन्दोलन सहित विभिन्न योगदान र बलिदानहरूको उल्लेख गरियो।

अक्टोबर 2 मा महात्मा गान्धीको जन्मजयन्तीको उल्लेख गर्दै प्रधान मन्त्रीले गान्धीजीले देखाएको स्वच्छताको मार्गलाई व्यवहारमा ल्याउनु नै उनका लागि उपयुक्त श्रद्धाञ्जली हुने बताए।

बयान मुताविक प्रधानमन्त्रीले बताए, जनगणना-2026 को पहिलो चरणमा 32 करोड जनसङ्ख्याको जनगणना सम्पन्न भइसकेको छ। उनले देशव्यापी नशामुक्ति अभियानको बारेमा पनि उल्लेख गरे जसान्तर्गत समाजमा लागू औषधविरुद्ध चेतना जगाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। यो अभियान 100 हप्तासम्म चल्नेछ।

असम भाजपा अनुसार राज्यका 39 वटा सङ्गठनात्मक जिल्लाका 433 वटा मण्डल अन्तर्गतका 25 हजारभन्दा बढी बूथमा लाखौँ कार्यकर्ताहरूले सामूहिक रूपमा 'मन की बात' सुने। भाजपा प्रदेश अध्यक्ष तथा सांसद दिलीप साइकियाले पनि सिपाझार विधानसभा निर्वाचन क्षेत्रको बूथ नम्बर- 183 मा स्थानीयहरूसँगै कार्यक्रमलाई सुने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande