प्रधानमन्त्री मोदीको ‘मन की बात’ : जनगणना राष्ट्रिय दायित्व, आतंकवादमा चुनौती दिनेलाई भारतले कड़ा जवाफ दिने
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)।


नयाँ दिल्ली, २७ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा आगामी जनगणना देशका प्रत्येक नागरिकको राष्ट्रिय दायित्व भएको बताएका छन्। उनले देशको सुरक्षा र सार्वभौमसत्तालाई चुनौती दिनेहरूलाई भारतले कड़ा जवाफ दिने बताए। प्रधानमन्त्रीले साल २०१६ को सेप्टेम्बरमा भएको सर्जिकल स्ट्राइकको स्मरण गर्दै आतंकवाद विरुद्ध भारतको नीतिबारे पनि चर्चा गरे। यस बाहेक उनले राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ नेता अशोक सिंघलको जन्मशताब्दी, गुजरातको मोढेरा सूर्य मन्दिर, भारतीय सांस्कृतिक सम्पदा तथा जनसहभागिताको महत्वबारे धारणा राखे।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन की बात’ को १३८औँ एपिसोडमा आगामी राष्ट्रिय जनगणनामा प्रत्येक नागरिकको सहभागिता आवश्यक रहेको बताए। जनगणना केवल तथ्यांक संकलन गर्ने प्रक्रिया नभई प्रत्येक नागरिकको राष्ट्रिय दायित्व भएको उनले बताए। देशको सुरक्षा र सार्वभौमसत्ताको सन्दर्भमा उनले आतंकवादमा चुनौती दिनेहरूलाई भारतले कड़ा जवाफ दिने बताए।

प्रधानमन्त्रीले २८–२९ सेप्टेम्बर २०१६ मा नियन्त्रण रेखापारि पाकिस्तानमा रहेका आतंकवादी शिविर विरुद्ध गरिएको सर्जिकल स्ट्राइकको स्मरण गरे। उनले उक्त कारबाहीको विश्वस्तरमा प्रभाव परेको र यसबाट आतंकवाद विरुद्ध भारतको नीतिको स्पष्ट सन्देश गएको बताए। उनले पछिल्लो एक दशकमा बालाकोट हवाई कारबाहीदेखि लिएर अपरेशन सिन्दूरसम्म आतंकवाद विरुद्ध भारतले गरेका कारबाहीको पनि उल्लेख गरे।

उनले राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ नेता अशोक सिंघलको जन्मशताब्दीको पनि उल्लेख गरे। अशोक सिंघलको जन्म २७ सेप्टेम्बर १९२६ मा आगरामा भएको थियो। प्रधानमन्त्री अनुसार, उनको परिवार सम्पन्न थियो र उनका पिता सिविल सेवामा थिए। उनका दाजु-भाइ तथा दिदी-बहिनी पनि उच्च पदमा रहेका थिए। अशोक सिंघलले भारतीय प्रौद्योगिकी संस्थान–काशी हिन्दू विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए। तर पछि उनले सुख–सुविधाको जीवन त्यागेर सामाजिक तथा सांस्कृतिक सेवाको बाटो रोजे।

प्रधानमन्त्रीले अशोक सिंघलले लामो समयसम्म सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गरेको बताए। उनी राम जन्मभूमि आन्दोलनसँग पनि जोड़िएका थिए। उनले सामाजिक भेदभाव तथा असमानता जस्ता विषयमा समेत काम गरेको प्रधानमन्त्रीले बताए। मोदीले उनको जीवनलाई सामाजिक तथा सांस्कृतिक सेवामा समर्पित जीवनका रूपमा स्मरण गरे।

प्रधानमन्त्रीले गुजरातको मोढेरा सूर्य मन्दिरको पनि उल्लेख गरे। उनी अनुसार, यस मन्दिरको निर्माण राजा भीमदेव प्रथमले सन् १०२५ मा गराएका थिए। सन् १०२६ मा महमुद गजनवीले सोमनाथमाथि आक्रमण गर्दा मोढेरामाथि पनि आक्रमण गरी क्षति पुर्याएका थिए। प्रधानमन्त्रीले मोढेरा मन्दिरको विध्वंस भएको करिब लगभग एक हजार वर्ष बितिसकेको बताए। त्यसपछि भीमदेवले संघर्ष गर्दै मन्दिरको पुनर्निर्माण गराएको उनले बताए।

उनले मोढेरा सूर्य मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई सूर्य उपासना मार्फत प्रकाश, ऊर्जा तथा विज्ञानसँग जोड़िएको भारतीय परम्पराको प्रतीक समेत भएको बताए। मोढेरालाई देशको पहिलो ‘सौर्य गाउँ’का रूपमा उल्लेख गर्दै उनले यहाँ प्राचीन सम्पदा र हरित भविष्यलाई जोड्ने प्रयास देखिएको बताए।

प्रधानमन्त्रीले ‘मन की बात’ देशका त्यस्ता पक्षलाई सार्वजनिक गर्ने माध्यम भएको बताए, जसबारे सामान्यतया कम चर्चा हुनेगर्छ। यस कार्यक्रम मार्फत स्थानीय स्तरमा काम गरिरहेका मानिस तथा उनीहरूका उपलब्धिलाई जन समक्ष ल्याउने गरिएको उनले बताए।

/ बिशाल


 rajesh pande