राजा राममोहन रायको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली
राजा राममोहन रायको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली


कोलकाता, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आइतवार बिहान सात बजे सोशल मिडियामा पोस्ट गरी समाज सुधारक राजा राममोहन रायको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली दिए। उनले राजा राममोहन रायलाई 19औं शताब्दिमा बङगाल औ भारतको नवजागरणका अग्रदूत बताए।

राजा राममोहन रायको जन्म 22 मई, 1772-मा भएको थियो। उनको निधन 27 सेप्टेम्बर, 1833-मा भएको थियो। भारतीय समाजमा सुधार औ धार्मिक जागरणको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रह्यो। उनले ब्रह्म समाजको स्थापना गरे भने शिक्षा, पत्रकारिता तथा सामाजिक सुधारको माध्यमबाट समाजमा नयाँ चेतना जगाउने प्रयास गरे।

राजा राममोहन रायले सामाजिक सुधारसँगसँगै पत्रकारितालाई पनि जनजागरणको माध्यम बनाए। उनले सम्वाद कौमुदी र मिरात-उल-अखबार जस्ता पत्रिकाको माध्यमबाट सामाजिक कुरिती तथा अन्यायविरूद्ध आवाज उठाए। बहुभाषी पत्रकारिताको माध्यमबाट उनले विचारहरूको प्रसारलाई व्यापक बनाए अनि समाजमा शिक्षा,तर्क तथा सुधारको चेतना विकसित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande