अन्तरराष्ट्रिय व्यापार मेलामा ७५ जिल्लाका ७५ महिला उद्यमीको ग्रामीण बजार
इंटरनेशनल ट्रेड शो में सजा 75 जिलों की 75 महिला उद्यमियों का ग्रामीण बाजार


नोएडा, २७ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको आगराको जरि–जरदोजी, अमरोहाका मसला, अयोध्याको हर्बल चिया, आजमगढ़को कालो माटोको भाँड़ा, कन्नौजको इत्र, गोरखपुरको टेराकोटा गहना र बनारसका गलैँचा। उत्तर प्रदेशका गाउँ तथा शहरका महिलाले आफ्नै हातले तयार गरेका उत्पादन अब स्थानीय हाटबजारको सीमाबाट बाहिर निस्केर ठूला बजारतर्फ अघि बढ़िरहेका छन्। ग्रेटर नोएडामा जारी उत्तर प्रदेश अन्तरराष्ट्रिय व्यापार मेलामा प्रदेशका ७५ जिल्लाबाट आएका स्वयं सहायता समूहका महिला उद्यमीले आफ्नो सीप मार्फत उत्तर प्रदेशको यस्तो तस्वीर प्रस्तुत गरेका छन्।

यहाँ उत्पादन मात्र बिक्री भइरहेको छैन तर प्रत्येक प्रदर्शनी कक्षसँग कुनै गाउँ, परम्परागत कला र त्यसलाई रोजगारीमा परिणत गर्ने महिलाको कथा पनि जोड़िएको छ। आगराकी रहनुमा जरि–जरदोजी लिएर आएकी छन् भने अमरोहाकी कौशल्या गौतमका पिसिएका मसालाले सुगन्ध फैलाइरहेका छन्। अयोध्याकी रेणु सिंहका हर्बल चिया तथा लेमनग्रासका उत्पादन छन् भने आजमगढ़की रीता प्रजापतिले कालो माटोका भाँड़ालाई ठूलो बजारसामु प्रस्तुत गरेकी छन्। कन्नौजकी तारावतीसँग इत्र छ भने वाराणसीकी सीता देवीले गलैँचा, भुइँमा ओछ्याउने चकटी तथा रनर मार्फत बनारसको सीपको प्रतिनिधित्व गरिरहेकी छन्।

उत्तर प्रदेश अन्तरराष्ट्रिय व्यापार मेलामा उत्तर प्रदेश राज्य ग्रामीण जीविकोपार्जन अभियान अन्तर्गत गठन भएका स्वयं सहायता समूहसँग आबद्ध महिलाहरूको सहभागिता केवल प्रदर्शनीमा सीमित छैन। यहाँ उनीहरूले उत्पादन बिक्रीसँगै ग्राहकको रुचि बुझ्ने, प्याकेजिङ तथा प्रस्तुतिको अनुभव लिने र ठूला बजारमा आफ्ना उत्पादनको सम्भावना खोज्ने अवसर पाइरहेका छन्।

प्रदेशको एक कुनाबाट अर्को कुनासम्म पुग्दा उत्पादन पनि परिवर्तन हुन्छन्। कतै परम्परागत हस्तकला बजारमा स्थान बनाउँदैछ भने कतै गाउँका महिलाले दैनिक आवश्यकताका वस्तुलाई आफ्नो उद्यमको आधार बनाएका छन्। गोरखपुरकी सरोज पाल टेराकोटा गहना लिएर आएकी छन् भने सहारनपुरकी सुधा सैनी काठका हस्तकला तथा खेलौना सहित व्यापार मेलामा सहभागी भएकी छन्। प्रयागराजकी तबस्सुम मकसुदले मूञ्जबाट टोकरी, डलिया तथा सजावटी सामग्री तयार गरिरहेकी छन्। प्रतापगढ़की प्रज्ञा जायसवाल अमला मुरब्बा तथा आँपको अचार लिएर आएकी छन्। महोबाकी रानीको प्रदर्शनी कक्षमा पित्तलका मूर्ति तथा अन्य हस्तकला सामग्री छन्।

सिद्धार्थनगरकी सरोज देवीले केराको रेसालाई उद्यममा परिणत गर्दै केराको रेसाबाट विभिन्न सामग्री तयार गरेकी छन्। सोनभद्रकी मधुबाला हर्बल साबुन, मह, फिनाइल तथा जुटका झोला सहित सहभागी भएकी छन् भने खीरीकी सफिकाले जुत्ता, चप्पल तथा बेल्ट

जस्ता उत्पादन लिएर आएकी छन्।

चित्रकूटकी प्रिया सिंहका काठका खेलौना, बुलन्दशहरकी शाहजहाँका खुर्जा माटोका भाँडा, कन्नौजकी तारावतीको इत्र, मथुराकी रेखाका टेराकोटा तथा माटोका सामग्री र ललितपुरकी लीला देवीका गोबरबाट निर्मित उत्पादनले यस विविधतालाई थप विस्तार दिएका छन्।

राज्य ग्रामीण जीविकोपार्जन अभियानका अभियान निर्देशक अरुण कुमारले व्यापार मेलामा महिला समूहको उद्यमशीलता परम्परागत हस्तकलामा मात्र सीमित नभएको बताए। यहाँ जुटका झोला र जरिका साड़ीदेखि चिकनकारी, हातेकरघा, गलैँचा, काठका खेलौना, कृत्रिम गहना, मह, मसला, अचार–मुरब्बा, हर्बल उत्पादन तथा घरेलु प्रयोगका सामग्रीसम्म उपलब्ध रहेको उनले बताए।

चन्दौलीकी अञ्जु जरि–जरदोजी रेशम, बनारसी साडी, सूट तथा दुपट्टा लिएर आएकी छन्। बाराबंकीकी शशि माला चिकनकारी तथा कृत्रिम गहना, रायबरेलीकी रुबी बानो हाते छापका सूट, साड़ी तथा दुपट्टा र मऊकी माधुरी देवी रेशमका साडी प्रदर्शन गरिरहेकी छन्।

त्यसैगरी बलियाकी रञ्जना देवी फिनाइल, शौचालय सफा गर्ने सामग्री, भाँड़ा माझ्ने तथा हात धुने सामग्री लिएर आएकी छन्। जौनपुरकी सुषमा सिंह पनि सफाइ सम्बन्धी उत्पादन सहित सहभागी भएकी छन्। मुजफ्फरनगरकी दीपिकाले साबुन, लुगा धुने पाउडर तथा हर्बल तेल र कौशाम्बीकी शिमला देवी कुशवाहाले अचार तथा देशी घिउसँगै सफाइ सामग्री र हात धुने सामग्री लिएर आएकी छन्। यस विविधतामा गाउँको परम्परा पनि छ र बदलिँदो बजारसँग कदम मिलाउँदै अघि बढ़िरहेको ग्रामीण उद्यम पनि छ।

स्वयं सहायता समूहका लागि कुनै उत्पादन तयार गर्नु व्यवसायको पहिलो खुड्किलो हो। त्यसपछि सबैभन्दा ठूलो चुनौती ग्राहक तथा बजारसम्म पहुँच पुर्याउनु हो। अन्तरराष्ट्रिय व्यापार मेला यही दूरी कम गर्ने माध्यम बनिरहेको छ।

राज्य ग्रामीण जीविकोपार्जन अभियानका अभियान निर्देशक अरुण कुमार अनुसार, स्वयं सहायता समूहसँग आबद्ध महिलाका लागि उत्पादन तयार गर्नु मात्र पर्याप्त छैन, त्यसलाई बजारसम्म पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण छ। अन्तरराष्ट्रिय व्यापार मेलामा विभिन्न जिल्लाका उत्पादनलाई एउटै मञ्चमा राख्दा महिला उद्यमीको खरिदकर्ता तथा ग्राहकसम्म पहुँच बढ़िरहेको उनले बताए। प्रदेशका ७५ जिल्लाका महिला उद्यमीको उपस्थितिले यस आयोजनालाई केवल ७५ प्रदर्शनी कक्षको पङ्क्तिभन्दा धेरै फराकिलो बनाएको छ। यस मार्फत गाउँमा तयार भइरहेको सीप, स्थानीय हस्तकला, खाद्य सामग्री तथा महिलाको उद्यमशीलता एउटै मञ्चबाट ठूलो बजारसामु प्रस्तुत भएको छ।

यूपीका चार कुनाको सीप

बागपतका दरी तथा हातेकरघाका चादर, बुलन्दशहरका खुर्जा माटोका भाँड़ा, सहारनपुरका काठका हस्तकला सामग्री र मेरठका प्राकृतिक खाद्य सामग्री। अयोध्याको हर्बल चिया तथा लेमनग्रासका उत्पादन, लखनउको हातेकरघा, बाराबंकीको चिकनकारी तथा कृत्रिम गहना। आजमगढको कालो माटोका भाँड़ी, गोरखपुरको टेराकोटा गहना, वाराणसीको गलैँचा तथा मऊको रेशम साडी चित्रकूटका काठका खेलौना, महोबाका पित्तलका मूर्ति तथा झाँसीका हस्तनिर्मित सजावटी सामग्री।

/ बिशाल


 rajesh pande